Comments Add Comment

अस्ट्रेलियामा हुने नेपाल फेस्टिवलको भब्य तयारी

१८ भदौ, काठमाडौं । अस्ट्रेलियामा हरेक २ वर्षमा आयोजना गरिँदै अाएको नेपाल फेस्टिवल यस वर्ष सेप्टेम्बर ६ मा सिड्नीको डार्लिङ हार्बरस्थित तुम्बालोङ पार्कमा हुने भएको छ । नेपाली दुतावास र गैर आवसिय नेपाली संघ अस्ट्रेलियाको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
फेस्टिवलमा विभिन्न नेपाली खानाका स्टल, नेपाल चिनाउने सामग्री, सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु र नेपाली ब्यवसायका स्टलहरु रहने बताइएको छ । कार्यक्रमका ख्याती प्राप्त कलाकारहरू अनिल सिंह, निमा रुम्बा, शिरिष देवकोटा र स्थानिय कलाकारहरुले आ-आफ्नो प्रतिभा प्रदर्शन गर्ने भएका छन्।
यस्ता कार्यक्रमले नेपाली कला संस्कृति, भेषभूषा र पहिचानबारे अस्ट्रेलियामा प्रचारप्रसार गर्न सहयोग मिल्ने आयोजक भुवन पाण्डेले विश्वास व्यक्त गरे । अन्य मुलुकका नागरिकहरुलाई पनि फेस्टिवलमा सहभागीता गराउन आफुहरूले अस्ट्रेलियाका विभिन्न निकायहरूसँग पहल गरिरहेको उनले बताए ।
फेस्टिवललाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न २२ वटा समिति बनाइएको छ । आयोजक एनआरएन अस्ट्रेलियाले यसपटक ३० हजार भन्दा बढी नेपाली फेस्टिवलमा उपस्थित हुने अनुमान गरेको छ । सिड्नी पछि अन्य स्टेटहरुमा पनि नेपाल फेस्टिवल आयोजना हुँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment