Comments Add Comment

संगीत नाट्य एकेडेमीमा दलीय भागवण्डा, कुलपतिमा सरुभक्त

सरकारले संगीत नाट्य एकेडेमीमा राजनीतिक भागवण्डाका आधारमा नियुक्ति गर्ने भएको छ ।  संस्कृति मन्त्री भीम आचार्यको अध्यक्षतामा रहेको कमिटीले पदाधिकारीहरुको नाम टुङ्गो लगाउँदैछ ।

मन्त्री निकट स्रोतका अनुसार कुलपतिमा लेखक एवं नाटककार सरुभक्तको पक्का भएको छ । उपकुलपतिमा शम्भूजित बास्कोटा र सदस्य सचिवमा गणेश रसिकको सम्भावना छ ।

‘संविधानसभामा प्रमुख तीन दलको हैसियत अनुसार नै भागवण्डा हुन्छ’ स्रोत भन्यो-‘राप्रपा नेपालको पनि चर्चा थियो तर, सम्भावना कम देख्छु ।’

राजनीतिक भागवण्डाका आधारमा ६ प्राज्ञमध्ये एक जना एमाओवादीले पाउनेछ । यसअघि वीर अस्पतालमा पदाधिकारी नियुक्तिमा भने कांग्रेस र एमालेबीच मात्र भागवण्डा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment