Comments Add Comment

गायिका अञ्जु पन्तको विवादलाई तपाई कसरी लिनुहुन्छ ?

anju
चर्चित गायिका अञ्जु पन्तले दूर्गामाताको भजनसँग सम्बन्धित दशैं गीत गाउन नमानेको विषयलाई लिएर यतिबेला सामाजिक सञ्जाल एवं मिडियाहरुमा विविध किसिमका क्रिया-प्रतिक्रियाहरु आइरहेका छन् । यसमा गायिका पन्तले कसैको चित्त दुःखेको भए क्षमा चाहन्छु समेत भनिसकेकी छन् ।

आफू क्रिश्चियन भएकाले हिन्दूजन्य शब्द उल्लेखित गीत नगाउने भन्ने गायिका पन्तको अभिव्यक्तिप्रति धेरैले विरोध जनाएका छन् । गैैरहिन्दूहरुले भने यसलाई खासै ठूलो विषय ठान्न र उछाल्न उपयुक्त नहुने बताइरहेका छन् । तपाईको विचारमा यो घटनालाई कसरी लिँदा राम्रो होला ?

१. कस्तो गीत गाउने या नगाउने भन्ने अञ्जु पन्तको व्यक्तिगत स्वतन्त्रता हो । त्यसैले यसलाई धेरै उछाल्नु ठीक होइन ।

२. चर्चित गायिकाले साम्प्रदायिक कुरो गर्नु राम्रो होइन । कलाकारहरुले सबैको साझा हुन सक्नुपथ्र्यो । पन्तले कमजोरी गरेकै हुन् ।

३. पन्तले कसैको चित्त दुखेको भए क्षमा चाहन्छु भनिसकेकी छन् । कमजोरी सबैको हुन्छ, उनले सरी भनिसकेकाले अब उनीमाथि खेदो गरिराख्नु न्यायसंगत हुँदैन । अब यो घटनालाई बिर्सेकै राम्रो ।
यो पनि पढ्नोस्

गीतमा हिन्दुवादी शब्द भएको भन्दै अञ्जुले गाउन मानिनन्

गायिका अन्जु पन्तले मुख खोलिन्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment