Comments Add Comment

कोकाकोलामा चिनीको मात्रा उच्च, बट्टामा खतराको लोगो राखिने

cocacola

कोकमा मानव स्वास्थ्यलाई हानी गर्ने मात्रामा ठूलो परिमाणमा चिनी रहेको कोकाकोला कम्पनीले स्विकार गरेको छ । यो सँगै कोकाकोलाले अब कोकका क्यानमा उच्च चिनीको मात्रा भएको जनाउ दिनेगरी खतरासूचक लोगो राख्ने भएको छ ।

कम्पनीले ट्राफिक लाइट जस्तै कलर कोडेड प्रणाली अबलम्बन गर्ने निर्णय गरेको बताइएको छ । जसका माध्यमबाट प्रयोगकर्ताले स्वस्थ प्रडक्ट पहिचान गरी आफ्नो भोजनमा सुधार गर्न सक्नेछन् ।

कोका कोला लगायतका विभिन्न अन्तराष्ट्रिय ब्राण्डहरु कलर कोडिङ प्रणालीको विरुद्धमा रहँदै आएका छन् । आफ्नो उत्पादनका बोतल तथा क्यानहरुमा खतरासूचक लोगो नरहोस् र उपभोक्ताहरु नझस्कियून भन्ने उनीहरुको चाहना रहँदै आएको छ ।

अब यो निर्णयपछि कोकाकोलाले आफ्नो क्यानमा ट्राफिक लाइट लेबलिङ सिस्टम अनुसार क्यानमा रहेको पोषण लेबल अघि रातो, पहेँलो तथा हरियो रङको लोगो राख्नेछ । यसको अर्थ चिनी, चिल्लो तथा नुनको मात्रा उच्च, मध्यम तथा कम रहेको भन्ने बुझिनेछ ।

उपभोक्ताहरुले कोकाकोलामा रहेको पोषण सूचना पारदर्शी रुपमा दिने आफ्नो प्रतिबद्धता अनुरुप नयाँ प्रणाली अबलम्बन गरिएको कम्पनीले जनाएको छ ।

सन् २०१५ को मध्यतिरबाट नयाँ प्रणाली अनुसार कोकाकोलाका क्यानमा खतरासूचक लेवल राखिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment