Comments Add Comment

इबोला विरुद्धको लडाइँमा आशाको किरण

ebola-virus-close

अफ्रिकामा महामारीको रुपमा फैलिरहेको र अहिलेसम्म दुइ हजार भन्दा बढिको ज्यान लिइसकेको इबोला रोगको रोकथाममा सम्भावनाको ढोका खुलेको छ । अहिलेसम्म कुनैपनि औषधि पत्ता लागि नसकेको इबोला भाइरस रोग विरुद्ध दिइने खोपको पहिलोपटक मानिसमा परीक्षण गरिने भएको छ ।

इबोला विरुद्धको यो खोपको अमेरिकामा बाँदरमा परीक्षण सफल भएको बताइएको छ । बाँदरमा यो खोप लगाएपछि खोप दिइएका बाँदरमा इबोलासँग लड्ने क्षमता लामो समयसम्म कायम देखिएको बीबीसीले जनाएको छ ।

यहीँ हप्ता उक्त खोप मानिसमा परीक्षण गरिनेछ । बाँदरमा देखिएको सफलतासँगै आगामी दिनमा यो खोपको परीक्षण मानिसमा समेत सफल हुने सम्भावना बढेको वैज्ञानिकहरुले बताएका छन् ।

अमेरिकाको नेशनल इन्स्िटच्युट अफ हेल्थमा गरिएको परीक्षणका क्रममा यो खोप लगाएका बाँदरहरु पाँच हप्तासम्म इबोलाबाट सुरक्षित रहेको पाइयो । यो खोपमा इबोला डिएनए तथा अर्को एक भाइरसको मिश्रण गरिएको छ ।

वैज्ञानिकहरुका अनुसार यदि खोपको बढि मात्रा दिनेहो भने १० महिनासम्म इबोला भाइरसको आक्रमणबाट सुरक्षित हुन सकिन्छ ।
यो अनुसन्धान प्रतिवेदन नेचर मेडिसिन पत्रिकामा छापिएको छ । यो हप्ता सुरुमा यो खोपको अमेरिकामा परीक्षण भएसँगै बेलायत र अफ्रिकामा समेत परीक्षण गरिनेछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार इबोलाका कारण अहिलेसम्म पश्चिमी अफ्रिकामा २१ सय जनाको ज्यान गैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment