Comments Add Comment

हास्यव्यङ्ग्य चित्रकार सायमी पुरस्कृत

यस वर्षको वासुदेव लुईंटेल हास्यव्यङ्ग्य पुरस्कार रवीन सायमीलाई प्रदान गरिएको छ ।

हास्यव्यङ्ग्य क्षेत्रमा योगदान पुर्‍याएवापत वासुदेव विद्यादेव लुईंटेल गुठी संस्थाले १ लाख ११ हजार १११ नगदसहित सायमीलाई सम्मान गरेको हो ।

विसं २०५० मा स्थापित संस्थाले आफ्नो स्थापना कालदेखि हास्यव्यङ्ग्य साहित्य, अभिनय र व्याङ्व्य चित्र गरी तीन विधाका व्यक्तिलाई छनोट गरी पुरस्कृत गर्दै आएको छ ।

पुरस्कार ग्रहण गर्दै सायमीले पुरस्कार प्राप्त गर्नु आफ्नो लागि गर्व मात्र नभई यस कार्यले आफ्नो दाहित्वलाई अझ फराकिलो पारेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment