Comments Add Comment

अटो मेलामा पुगे ५५ हजार दर्शक, १४ सय सवारी बुकिङ, डेढ अर्बको कारोबार

Nada-Auto-Show-Samapan-programme
२३ भदौ, काठमाडौं । भृकुटीमण्डपमा सोमबार सम्पन्न ‘नाडा अटो शो’ ५५ हजार दर्शकले अवलोकन गरेका छन् । मेलामा डेढ अर्ब रुपैयाँ भन्दा बढिको कारोबार भएको छ ।

मेलामा ७ सय ५० को हाराहारीमा मोटरसाइकल र ६ सय २५ को हाराहारीमा कार बुकिङ भएको मेला संयोजक सम्भुप्रसाद दाहालले जानकारी दिए । यो संख्या अघिल्लो वर्षको तुलनामा निकै धेरै हो ।

बुधबारदेखि सुरु भएको मेला ६ दिनसम्म चलेको थियो । अघिल्ला वर्षहरुको तुलनामा यस पटकको मेला उत्साहजनक रुपमा सम्पन्न भएको संयोजक दाहालले बताए । मेलामा सहभागी कम्पनीहरु दर्शकको आगमन देखेर निकै उत्साहित भएको उनको भनाई छ ।

मेलामा अघिल्लो वर्ष २५ हजारको हाराहारीमा अवलोकनकर्ताहरु आएका थिए भने ८० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।यस पटकको मेलामा २५ लाख रुपैयाँसम्मका कारहरुको बुकिङ उच्च रहेको सवारी बिक्रेताहरुले बताएका छन् ।

‘मेला सोचेभन्दा भव्य रुपमा सम्पन्न भयो, यस पटक स्टलकको सज्जा र प्रस्तुतीमा पनि स्तर वृद्धि भएको देखियो ‘ आयोजक संस्था अटोमोबाइल डिलर्स एशोसियशन (नाडा)का अध्यक्ष शेखर गोल्छाले भने- ‘मेला अवलोकन गर्न आउने दर्शकहरुको प्रोफाइल पनि राम्रो थियो ।’

मेलामा उच्च र मध्यम दुबै बर्गका अवलोकनकर्ता आएको गोल्छाले बताए । नयाँ सरकार बनेपछि व्यवसायीक वातावरणमा सुधार हुँदै आएको, रेमिट्यान्सको प्रवाह बढेको र मानिसमा खर्च गर्ने प्रवृत्ति विकास भएकाले गाडीको बुकिङ उच्च भएको नाडाका उपाध्यक्ष अञ्जन श्रेष्ठले बताए ।

Nada Auto Show (8)

मेलामा आउने दर्शकहरुको आकर्षण इन्ट्री लेभल अर्थात सवैभन्दा सस्ता कारमा रहेको उनले बताए । मेलामा आएर गाडीको बारेमा जानकारी लिने ग्राहकहरु पनि गुणस्तरीय रहेको उनको अनुभव छ ।

कुन ब्रान्डको गाडी कति बुकिङ ?

मेलामा उपस्थित कम्पनीहरुले गाडीको बुकिङ उत्साहजनक रहेको बताउँदै खुशी व्यक्त गरेका छन् । उनीहरुको दावीअनुसार झण्डै ७ सय ५० गाडी मेलामै बुक भएका छन् ।

सीजी मोटोकोर्पका सेल्स डिजिएम सिरज पन्तका अनुसार सबै मोडल गरेर मेलामा ३०० कार बुकिङ भएका छन् ।

यसमा सेलेरियो, स्वीफ्ट, वागेनर, अल्टो कारको बुकिङ उच्च रहेको पन्तले सुनाए । मेलामा सार्वजनिक गरेको अटोमेटिक र म्यानुअल गियर भएको सेलेरियो गाडीमा सबैभन्दा बढी आकर्षण देखिएको उनले बताए ।

मेलामा सेलेरियो करिव १०० थान बुकिङ भएको उनले दावी गरे । आगामी महिनादेखि बुकिङकर्तालाई सेलेरियो गाडी हस्तान्तरण गर्ने कम्पनीको योजना छ ।

त्यसैगरि, टाटा कार ४६ वटा बुकिङ भएको सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार टाटा इन्डिका सीआर-फोर, टाटा सुमो, सफारी स्ट्रोम बढी बुकिङ भएका छन् । सिआर-फोर टाटाको इन्ट्री लेभल कार हो ।

त्यसैगरि, होन्डाका ६० थान गाडी बुकिङ भएका छन् । चार मोडल प्रर्दशनीमा राखेको होन्डाले मोबिलियो मात्र २० थान बुकिङ भएको जनाएको छ । सेभेन सिटर मोबिलियो होन्डाले मेलामा सार्वजनिक गरेको हो । समग्रमा मेला उत्साहजनक रहेको स्याकार ट्रेडिङ प्रालिकी सिर्जना ज्योतिले बताइन् ।

मेलामा हुन्डाई कार २०६ थान बुकिङ भएको लक्ष्मी इन्टरकन्टीनेन्टलका निर्देशक अञ्जन श्रेष्ठले जानकारी दिए । हुन्डाईको सबैभन्दा बढी ग्रान्ड आई टेन झण्डै सयको हाराहारीमा बुकिङ भएको छ ।

अघिल्लो मेलामा डेढ सय कार बुकिङ भएको स्मरण गर्दै निर्देशक श्रेष्ठले यसटकको बुकिङले उत्साह थपेको बताए ।

प्रिमियम ब्रान्डको रुपमा परिचित टोयोटा कार पनि मेलामा १० थान बुकिङ भएको छ । युनाइटेड टे्रडर्स सिन्डिकेट प्रालिका सर्भिस म्यानेजर निरजका अनुसार सबैभन्दा बढी आकर्षण टोयोटा इटिओस क्रसमा देखियो । कम्पनीले यो कार मेलामा सार्वजनिक गरेको हो ।

NADA Auto Show (3)

निशान कार पनि मेलामा ५ थान बुकिङ भएको श्याम आचार्यले जानकारी दिए । सन्नी र मार्च गाडीले मेलामा दर्शक तान्ने काम गरेको उनको भनाई छ ।

कोरियाली कम्पनी कियाका २० थान कार बुकिङ  भएका छन् । पछिल्लोपटक सार्वजनिक किया सोल गाडी सवैभन्दा धेरै बुक भएको कन्टिनेन्टल मार्केटिङका बजार प्रमुख युगेन्द्र श्रेष्ठले जानकारी दिए । त्यस्तै, गो फोर्डका अनुसार मेलामा फोर्ड गाडी ५० वटा बुकिङ भए । जसमा करिव ३५ वटा इको स्पोर्ट गाडी बुक भएका छन् ।

मेलामार्फत नेपाली बजारमा प्रवेश गरेको जापानीज ब्रान्ड डाटसनले पनि मेलामा दर्शकको राम्रो माया पायो । पायोनियर मोटोकोर्पका सिनियर म्यानेजर ज्ञानेन्द्र चन्दका अनुसार ‘डाटसन गो’ मोडल ४६ थान बुकिङ भएको छ भने ७०० बढीले गाडीप्रति चासो देखाउँदै जानकारी लिएका छन् ।

फियटले मेलामा सार्वजनिक गरेको ‘पुन्टो इभो’लाई पनि ग्राहकले रुचाए । लाइफ अटोमोबाइलका अनुसार मेलामा फियटका २० वटा गाडी बुकिङ भएका छन् । जसमध्ये पुन्टो इभोको संख्या बढी रहेको छ ।

जर्मनी पि्रमियम गाडी निर्माता कम्पनी भक्सवागनले पनि मेलामा ३५ वटा जति कार बुकिङ गराउन सफल भयो । सबैभन्दा रमाइलो पक्ष अत्यधिक महंगो मानिएको टोरेक कार पनि मेलामा ५ थान बुकिङ भएको छ ।

Nada Auto Show (7)

मेलामा सहभागी कम्पनी

मेलामा १२ वटा ब्रान्डका चार पाँग्रे सवारी, ११ ब्रान्डका २ पाँग्रे सवारी साधन प्रर्दशनीमा राखिएको थिये । यसका साथै मेलामा बैंक तथा वित्तिय संस्था, स्पेयर्स पार्टस, लुब्रिकेन्ट्स लगायतका स्टलहरु पनि रहेका थिए ।

मेलामा फियाट, दाइहात्सु, होन्डा, स्कोडा, फोर्ड, फियाट, किया, सुजुकी, किया, टाटा, टोयोटा, भक्सवागन कम्पनीका चार पाँग्रे सवारी र बजाज, केटीएम, हिरो, महिन्द्र, रोयल इन्फिल्ड, टेरा मोटर्स, यामाहा, टिभिएस, युएम लगायतका कम्पनीहरुका दुई पाँग्रे सवारी प्रर्दशनीमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment