Comments Add Comment

आयो आइफोन ६, के-के छन नयाँ सुबिधा ? (फोटो कथा)

tim-cook-with-iphone-6क्यालिफोर्निया (एजेन्सी) । आइफोन निर्माता एप्पलले मंगलबार बहुप्रतिक्षित आइफोन ६ सार्वजनिक गरेको छ । ‘आइफोन ६’ र ‘आइफोन ६ प्लस’ गरि दुई मोडल सार्वजनिक गरेको एप्पल ठूलो स्त्रिmन स्मार्टफोन सेगमेन्टमा प्रवेश गरेको छ ।
क्यालिफोर्नियामा आयोजित बिशेष कार्यक्रममा एप्पल प्रमुख कार्यकारी अधिकृत टिम कुकले आइफोनका दुई मोडलसँगै पहिलो स्मार्टवाच ‘एप्पल वाच’ पनि सार्वजनिक गरे ।

the-iphone-6-left-has-a-47-

the-back-is-made-of-metal-i

डिजाइन र डिस्प्ले
आइफोनले आफ्ना अघिल्ला फोनभन्दा डिजाइनमा केही नयाँपन दिएको छ । आइप्याड एयरको जस्तै चौकुना हल्का घुमाइएको छ । स्त्रिmनको गुणस्तर सुधार गर्दै रेटिना एचडी क्वालिटीमा अपग्रेड गरिएको छ ।
‘आइफोन ६’ को स्क्रिन साइज ४.७ इन्च छ भने मोटाई ६.८ एमएम । आइफोन ६ प्लसको स्क्रिन ५.५ इन्चको छ भने ७.१ एमएम मोटाइ छ । दुवै स्मार्टफोन एप्पले बनाएका अहिलेसम्मका पातला फोन हुन् ।

both-phones-are-incredibly-आइफोन ६ मा फोनलाई घुमाएर ल्यान्डस्केप भ्युमा पनि हेर्न सकिने छ । यसो गर्दा एप्स र स्त्रिmन आफैैं नयाँ साइजमा परिणत हुनेछन् ।
तपाईले एउटा हातले मात्र वेबब्राउज गर्दा सजिलो हुने गरि ‘ वन ह्यान्डेड मोड’को ब्यबस्था गरिएको छ ।
क्षमता
आइफोनमा एप्पलको नयाँ अपरेटिङ सिस्टम आइओएस ८ प्रयोग गरिएको छ । ६४ वीट सीपीयुसहित ए८ प्रोसेसर प्रयोग गरिएको नयाँ आइफोन अघिल्ला आइफोनभन्दा ५० प्रतिशतबढी फाष्ट रहेको दावी गरिएको छ ।
आइफोनले आफ्नो ब्याट्री क्षमतामा सुधार गरेको छ भने ब्याट्री खपत ५० प्रतिशतसम्म कम हुने दावी गरेको छ । यसको मतलव आइफोन ६ को ब्याट्री आइफोन ५एसभन्दा दोब्बर बढि टिक्नेछ ।
क्यामेरा र बिशेष सुबिधा
the-rear-camera-pops-out-a-दुवै आइफोनमा पहिलेकै जस्तो ८ मेगापिक्सेलको क्यामेरा राखिएको छ । तर, यसमा गुणतस्तरीय तस्वीरका लागि सेन्सर राखिएको छ जसले डीएसएलआर क्यामेरामा जस्तै आफुलाई चाहिएको बस्तुमा फोकस गर्न सजिलो हुने छ ।
क्यामेरामा अनुहार पहिचान गर्नसक्ने सुबिधा पनि राखिएको छ । इमेज स्टाबलाइजेसनका कारण तपाइले खिच्ने फोटो धमिलो आउने सम्भावना कम हुन्छ । प्रकाश कम भएको अबस्थामा पनि राम्रो तस्वीर लिन सकिने एप्पलले बताएको छ ।

the-smaller-iphone-6-will-p

apps-work-differently-in-la

screen-shot-2014-09-09-at-1

के छ दुई आइफोनमा फरक ?
बाहिरबाट झट्ट हेर्दा स्क्रिनमामात्र सानो-ठूलो देखिए पनि यी दुई फोनमा केही खास भिन्नता छन् । एप्पल सूत्रको हवाला दिादै प्रबिधि समाचार साइटहरुले जनाएअनुसार आइफोन ६ प्लसभन्दा आइफोन ६ करिव १ सय डलर सस्तो हुने छ । आइफोन ६ प्लसभन्दा आइफोन ६ एक इन्च सानो भए पनि आइफोन ५एस भन्दा दुवै ठूलो आकारका छन् ।
आइफोन ६ को ब्याट्री क्षमता ६ प्लसको भन्दा कमजोर छ । अर्थात् आइफोन ५ एसमा जुन क्षमताको ब्याट्री प्रयोग भएको छ आइफोन ६ मा पनि त्यही नै ब्याट्री हो । आइफोन ६ को ब्याट्री लाइफ १० घण्टा छ भने ६ प्लसको १६ घण्टा छ ।

हेर्नुहोस् एप्पलका उत्पादनका साइजको फरक

poptart-1

अाइफोनसँग बजारमा उपलब्ध अन्य उत्पादनको प्रतिस्पर्धा

iphone-6-comparison

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment