Comments Add Comment

बुद्धले धर्म परिवर्तन गर्न हुने, अञ्जुले किन नहुने ?

निमेष गिरी
पत्रपत्रिकामा अन्जु पन्तको विषवमन निरन्तर भइरहेको छ । जसले मानवको नैर्सर्गिक अधिकारप्रति ठाडो हस्तक्ष्येप भएको कुरालाई नर्कान सकिँदैन ।

अन्जु पन्त नेपाली सांगीतिक क्षेत्रमा उत्कृष्ट कलाकारका रुपमा स्थापित भइसकेकी छिन् । समग्रमा कलाकारको कुनै धर्म, जाती, भाषाभन्दा माथि उठनु पर्दछ भन्ने कुरालाई नर्कान सकिँदैन । तथापि सबैको सोच र चिन्तन एकै हुन्छ भन्ने कुरालाई स्वीकार्न पनि सकिँदैन । आज नेपाली सांगीतिक जगतकी उत्कृष्ट कलाकार पन्तमाथि चाहिनेभन्दा बढी आक्रमण भएको छ ।

anjuगीत संगीतको छनौट गर्ने अधिकार कलाकारमा निहित रहन्छ । त्यसमा अाैला ठड्याउने अधिकार कसैलाई छैन् र हुनुहुँदैन । त्यसैगरी स्रोतालाई पनि बजारमा आएका गीत संगीतलाई सुन्ने र नसुन्ने दुबै अधिकार रहेको हुदाँ प्रचारवाजीका लागि कसैको खैरो खन्नु सान्दर्भिक हुँदैन । त्यसैले अन्जु पन्तले दुर्गा उच्चारण हुने गीत म गाउँदिन भन्ने अधिकार रहेको हुदाँ उक्त कुरालाई लिएर उनलाई र उनका बारेमा अप्रमाणित कुराको सिर्जना गरी, उनको अस्तित्व, स्वतन्त्रता, नैतिक आचरण माथि हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन् ।

भर्खरै मिडियामा आएको उनको श्रव्यदृष्य, जसमा उनले इसाइ धर्मको बढावा दिने गरी बोलेको प्रचार सामाग्रीमा उनले हिन्दु (सनातन वा वैद्धिक धर्म) को विरोध गरेको भन्ने कुरा आफैमा गलत छ । उनले उक्त श्रव्यदृष्यमा आफुलाई गाउन दिएको शब्दलाई परिमार्जन गर्न लगाएको भनेकी छिन् । यदि उक्त गीतका रचनाकारलाई त्यसमा आपत्ति छैन भने अन्यलाई केको आपति ?

जसलाई जुन धर्म ठीक लाग्छ उसले त्यो धर्मलाई हृदयदेखि नै अपनाउँछ भने त्यसमा विरोध किन ? धर्मले कहिले विभाजन र विध्वंसको सुत्रपात गर्दैन । तर, धर्मलाई परिभाषित गर्ने र त्यस धर्मको अन्तरनिहीत रहेको मान्यतालाई अध्ययन नगरेको जमातले मात्रै अतिवादी सोचलाई टेवा दिने काम गर्दछन् । हालका दिनमा देखिएको पनि त्यही हो ।

अन्जु पन्तले धर्म परिवर्तन गरेको ईवी देखाउन जरुरी छैन । किनभने धर्म परिवर्तन गर्नु कुनै ठुलो कुरा होइन । जसलाई जुन धर्म र त्यसको संस्कारले आर्कषित गर्दछ, उसले त्यो धर्मलाई अंगीकार गर्न पाउँछ । यदि पुरातन मान्यता राख्ने हो भने हिन्दु कुलमा जन्मिएको बुद्धले हिन्दु धर्मलाई नै स्वीकार गरेका हुन्थे भने, आज बुद्ध धर्म यो दुनियाँमा हुने थिएन । त्यसैगरी जिसज पनि उनको आमा बुबाले मान्दै आएको जुईज धर्म मान्दै आएका हुन्थे भने क्रिश्चियन धर्म हामीवीच हुँदैन थियो । यस्ता उदाहरणहरु धेरै छन् ।

त्यसैले धर्म परीर्वतनको कुरा ठूलो होइन । कुनै पनि राजनैतिक दलालाई मतदान गर्न १८ वर्ष पुग्न जरुरी हुन्छ । जसको कारण भनेको उसले उक्त राजनैतिक दलको राजनैतिक विचारलाई वुझ्न सकोस् भन्ने अभिप्राय भएझै, कुनै पनि धर्मलाई वुझ्नका लागि जबसम्म मानिस ४० वर्षसम्म पुग्दैन, उसले धर्मका चुर कुरालाई वुझ्न सक्दैन । हाम्रो समाजमा बाबुबाजेको बिरासतका रुपमा प्राप्त भएको धर्मलाई स्वीकार गरिरहेका छौं । तर, त्यस धर्मका अन्र्तरनिहित विचारलाई हामीले नबुझी दौडिरहेका आधारमा कसैले धर्म परिर्वतन गरेको सुन्नेवित्तिकै नकरात्मक सोच बनाउनु पनि सान्दर्भिक छैन ।

सबैभन्दा पहिले हामीले मानव हौं र हामीसँग विवेक छ । उक्त विवेकको प्रयोग गरी सही र गलतलाई छुटयाउने प्रयास हाम्रो हुनुपर्दछ । धार्मिक अतिवादी सोच र मनोवृतिले समाजलाई विकासतिर नभएर विनासतिर लिएर जाने निश्चित छ । हिन्दु धर्मले कहिले पनि विरोध गर्न सिकाएको छैन । तर, जुन प्रवृति देखिएको छ । त्यसले आफुलाई अतिवादी , अति धार्मिक देखिने उद्देश्यले दुश्प्रचार गरिरहेका छन् । हिन्दु ग्रन्थमा हिन्दु परिभाषा निम्नानुसार गरिएको छ-

धृतिःक्षमा दमोऽतेयं शौचमिन्द्रियनिग्रहः।
धीर्विद्या सत्यमक्रोधो, दशाकं धर्म लक्षणम् ।।

अर्थात धैर्यधारण गर्न सक्ने, अरुले गरेको गल्तीलाई क्षमा गर्न सक्ने, काम, क्रोध र मोहलाई नियन्त्रित गर्ने, दयावान, सत्यवचन बोल्ने र आफ्नो विवेक सही र सत्यका लागि प्रयोग गर्ने व्यक्ति के अन्जु पन्तको विरुद्धमा धर्मका राग आलाप्नेहरुसँग यस किसिमको जीवन पद्दतिलाई अंगीकार गरेका छन् ? यो अहिलेको समाजमा यो संस्कारलाई अवलम्वन गर्ने धेरै न्यून व्यक्तिहरु मात्र छन् । त्यसैले आफुलाई धार्मिक संस्कारले लैस भएको तुलना गर्नु मूर्खता मात्रै हो ।

यदि अञ्जु पन्तको विरुद्धमा लाग्ने कोही एकजनासँग पनि यो संस्कार छ भने उसले पनि पन्तको विरोध गर्न उसले स्वीकार गरेको धर्मले नै दिँदैन । शास्त्रमा भनिएको छ-

श्रूयतां धर्म सर्वस्वं श्रुत्वा चैव अनुवत्र्यताम् ।
आत्मानः प्रतिकुलानि, परेषां न समाचारते् ।।

अन्जु पन्तले धर्म परिवर्तन गरेकोमा ईवी देखाउन जरुरी छैन । किनभने धर्म परिवर्तन गर्नु कुनै ठूलो कुरा होइन । हिन्दू कूलमा जन्मिएका वुद्धले हिन्दु धर्मलाई नै स्वीकार गरेका हुन्थे भने आज बुद्ध धर्म यो दुनियाँमा हुने थिएन ।

धर्मको मूल कुरालाई सुन र त्यसलाई अंगीकार गर, जुन कुरा तिमीलाई ठीक र सही लाग्दैन, उक्त कुरा अरुलाई पनि तिमीले गर्नु हुँदैन र नगर ।

जब यी माथिका हरफले नै हामीले मिडियामा अन्जु पन्तको खिल्ली उडाइरहँदा हामी कति धार्मिक छौं भन्ने प्रश्न आफूलाई पनि गर्नुपर्ने देखिन्छ । त्यसैले उनको स्वतन्त्रतामा सहमत हुन सकिँदैन भने उनको नैतिक, सामाजिक आचरणमा प्रहार गर्ने अधिकार कसैलाई पनि छैन् । यदि गलत नै हो भन्ने लाग्छ भने कुकुरले टोक्यो भने के कुकुरको खुट्टा टोक्नु वुद्धिमत्ता हुन्छ ?

त्यसैले अन्जु पन्तको विषयमा नयाँ र नौलो खोजी गरी उनको छविलाई सिध्याउने अभिप्रायले लाग्नु नै अतिवादी मनोवृति हो । यस किसिमका कार्यले समाजको हित गर्न सक्दैन । जुन रुप र रफ्तारमा पन्तको विरुद्धमा प्रचारवाजी चलिरहेको छ, यो प्रचारवाजीमा पनि स्वार्थको गन्ध लुकेको त छैन ? सोचनीय विषय हो । किनभने पन्त नेपाली सांगितीक जगतमा स्थापित नाम हो । उनको विकल्पको रुपमा हालका दिनमा नेपाली संगितीक जगतमा कुनै अर्को कलाकार स्थापित नभइरहेको अवस्थामा उनको विरुद्धमा मिडियावाजी गरी अर्को कलाकारलाई स्थापित गराउने कार्यको शुरुवात पनि हुन सक्छ ।

किनभने, केही समय अगाडि मात्र मिडियाले बाढीको रुपमा उछालेको दिलशोभाको घटना हामीवीच लुकेको छैन ।
– युएईबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment