Comments Add Comment

अब ‘अर्गानिक सम्भोग’ ! बाबुछोरीले पत्ता लगाए वातावरणमैत्री कण्डम

green condomकण्डम पनि वातावरणमैत्री । अनि सेक्स पनि अर्गानिक । सुन्दैमा कस्तो रोमाञ्चक तथा अनौठो लाग्ने । हो, अमेरिकाका बाउछोरीले यस्तो वातावरणमैत्री कण्डमको आविष्कार गरेका छन् ।

न्युयोर्कका जेफरी र उनकी छोरी मेइका होलेन्डरले आविष्कार गरेको ‘सस्टेन’ नाम दिइएको उक्त कण्डमलाई टाइलर बेन एमोज कम्पनीले उत्पादन गरी बजारमा ल्याएको हो ।

वातावरणमैत्री यो कण्डम अर्थात् गि्रनडोम सस्तो रबर तथा ल्याटेक्सबाट बनाइएको र यस्तो कण्डम साकाहारीका लागि समेत उपयुक्त भएको दाबी गरिएको छ ।

यो कण्डमको उत्पादन सँगै कम्पनीले युवतीहरुलाई अपिल गरेको छ, ‘टप फुकाल र प्राकृतिक रुपमा सम्भोग सुरु गर । तिम्रो गुप्तांगले कस्तो मन पराउँछ अनुमान गर ।’

यो वातावरणमैत्री भनिएको कण्डम विभिन्न ३ स्वरुपको रहेको छ । एउटा लुबि्रकेटेड अल्ट्रा थिन, टेलर फिट र कम्फोर्ट फिट ।

यो कण्डमले यौनजोडीलाई आनन्द दिने मात्र होइन कण्डम बिक्रिबाट प्राप्त रकमको १० प्रतिशत महिलाको प्रजनन स्वास्थ्य सुधारमा खर्च गरिने दाबी कम्पनीको छ ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment