Comments Add Comment

होमवर्क गर्नु नपरोस् भनेर १२ वर्षे बालकले के गरे ? (फोटोफिचर सहित)

child1धेरै बालबालिकाले लेखपढ गर्न अल्छी गर्छन् । स्कुलमा दिएको होमवर्क घरमा आएर गर्नुभन्दा खेल्न नै मन पर्छ धेरैलाई । तर भोलि होमवर्क नगरेको आरोपमा स्कुलमा सर मिसको कुटाइ खाने डरले भएपनि हतार हतार धेरैले होमवर्क सिध्याइहाल्छन् ।

चीनका एक बालकले पनि होमवर्क गर्नु नपरोस् र आमाले नदेखून् भनेर विचित्रै गरे । चीनको सिचुआनस्थित यिबिन सहरका १२ वर्षीय जिआओ काइ ११ औँ तलाको आफ्नो फ्लाटको झ्यालबाट बाहिर निस्किए अनि तल रहेको साँघुरो कोप्चेरोमा लुके ।

खासमा उनले होमवर्क गर्न अटेर गरेपछि आमाले सजाय दिने डरले आमाबाट लुक्नका लागि त्यस्तो जोखिम मोलेका थिए । उनले दुइ घण्टासम्म सोही ठाउँमा टुक्रुक्क बसेर बिताए ।

child2
उक्त दिन स्कुल विदा रहेकोले उनी दिनभर सुत्न चाहन्थे । तर आमाले हेमन्त पर्वको अवसरमा हुने छुट्टी अगाडि स्कुलले दिएको गृहकार्य गरिहाल्न भनिन् । आमासँग भनाभन भएपछि उनले आफु सुत्ने कोठाको ढोका बन्द गरे र झ्यालबाट बाहिर निस्केर बरण्डाजस्तो कोप्चेरोमा बसे ।

उक्त अपार्टमेन्टका सेक्युरिटी गार्डले ती बालकलाई त्यस्तो भयानक ठाउँमा बसिरहेको देखेपछि प्रहरीलाई खबर गरे र प्रहरीले उनलाई डोरी लगाएर बल्ल बल्ल उद्धार गरे ।

child3 child4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment