Comments Add Comment

मलालालाई गोली हान्ने पक्राउ

२७ भदौ, काठमाडौं । पाकिस्तानमा शिक्षा क्षेत्रमा काम गरिरहेकी मलाला यूसुफनजईलाई गोली हान्ने चरमपन्थी पक्राउ गरेका छन् । तर, पाकिस्तानी सेनाले पक्राउ परेका व्यक्तिबारे थप जानकारी दिएको छैन ।

मलालामाथि ९ अक्टोबर २०१२ मा चरमपन्थीहरुले आक्रमण गरेका थिए । स्कुलबाट र्फकने क्रममा उनको टाउकोमा गोली हानिएको थियो ।
घटनापछि मलालाको जिन्दगी पूर्ण रुपमा बदलियो ।

उनको सुरमा पाकिस्तानमा उपचार गरियो र पछि बेलायत पठाइयो । उनी अहिले बेलायतमा बसेर पढ्दैछिन् र महिला शिक्षाका लागि काम गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment