Comments Add Comment

बेलायतको संसदमा गोर्खाबारे वहस

२८ भदौ, लण्डन । भुतपुर्व गोर्खाहरुले विगत लामो समयदेखि उठाउंदै आएका विभिन्न मागहरुका विषयमा बेलायतको संसदमा वहस भएको छ । गोर्खासम्बन्धी मामिलाको अध्ययन गर्न गठित सर्वदलीय संसदीय समितिकी संयोजक ज्याकी डोईल प्राइसको पहलमा बेलायतको तल्लो सदनको ब्याक बेन्च कमिटीमा विहिबार वहस भएको हो ।

झण्डै पौने दुई घण्टा चलेको वहसको सुरुमा संयोजक प्राइसले गोर्खाहरुबारे समितिले तयार गरेको अध्ययन प्रतिवेदन पढेर सुनाएकी थिइन ।
प्रतिवेदनमा गोर्खा संयुक्त संघर्ष समितिले अघि सारेका समान पेन्सन,अठार वर्ष माथिका छोराछोरीलाईृ पनि आवासीय अधिकार, अनिवार्य अवकास पाउनेहरुलाई क्षतिपुर्ति लगायतका गोर्खाहरुका माग समावेश थिए । प्रस्तुत विषयमा विभिन्न दलआवद्ध सांसदहरुले आ-आफना धारणा राखेका थिए ।

त्यसक्रममा अधिकांश सांसदहरुले बेलायती सेनामा गोर्खाहरुको योगदान गौरव गर्न लायक छ भन्दै उनीहरुको सम्मान र संरक्षणमा कमी हुन नहुने बताए । तर केहि सांसदहरुलृे भने अहिले बेलायतको अर्थतन्त्र कमजोर भएकाले गोर्खाका माग पुरा गर्नुअघि त्यसबारेमा पनि विचार पुरयाइनुपर्ने बताए ।

सबै सांसदले बोलेपछि गोर्खाका मागसम्बन्धी सो मोसनलाई संसदले सर्वसम्मतिले पारित गरेको छ । अब सर्वदलीय समितिले गोर्खाका मागहरु र उनीहरुमाथि भएको भनिएको एैतिहासिक विभेदसम्बनधी पुर्ण प्रतिवेदन प्रधानमन्त्री डेभिड केमरनलाई बुझाउनेछ ।

संसदीय वहसलाई आन्दोलनरत गोर्खाहरुले भने सकारात्मक भनेका छन । प्रत्यक्ष वहस सुनिसकेपछि गोर्खा सत्याग्रह संघर्ष समितिका संयोजक सन्तोष थलांगले वहस सकारात्मक भन्दै खुशी व्यक्त गरे । उनले भने,-हाम्रा मागहरुबारे सबै सांसदहरुले सहनाभुति राखेका छन, हाम्रा मागहरु अब छिट्टै नै पुरा हुन्छन भनेर हामीलाई थप आशा पलाएको छ ।

ध्रुबराज अर्यालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment