Comments Add Comment

फिलिपिनोको पोस्टमा नेपालीको ८ गोल

nepal-filipin

२८ भदौ, दोहा (कतार) । कतारमा रहेका नेपालीको टीमले फिलिपिनो टीमलाई आठ शुन्य गोल अन्तरले पराजित गरेको छ ।

कतारको अल अरबी क्लवको खेल मैदानमा भएको खेलमा नेपालले शुन्यका विरुद्ध आठ गोल गर्दै फिलिपिन्सलाई पराजित गरेको थियो ।
प्रतियोगिता विजयी भएका नेपाली खेलाडीले १ हजार डलर र कप प्राप्त गरेका थिए ।

कतारमा रहेका विभिन्न देशका नागरिकबीच सद्भाव कायम गर्न प्रत्येक वर्ष कार्यक्रमको आयोजना गरिँदै आएको छ । फुटबल प्रतियोगितासँगै मनोरञ्जनात्मक कार्यक्रमको आयोजना भएको थियो ।

रवि रोषीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment