Comments Add Comment

महेश बस्नेत मन्त्री बन्दा तपाईलाई कस्तो लाग्यो ?

Mahesh-basnetकसैले अपेक्षै नगरेको अवस्थामा नेकपा एमालेसमर्थित युवा संघका अध्यक्ष महेश बस्नेत शुक्रबारदेखि उद्योगमन्त्री बनेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले आफ्नै गुटका उद्योगमन्त्री कर्णबहादुर थापाको स्थानमा बस्नेतलाई ‘रिप्लेस’ गरेका हुन् ।

गत संविधानसभा चुनावमा भक्तपुरबाट पराजीत बस्नेतलाई मन्त्री बनाउने यो निर्णय तपाईलाई कस्तो लाग्यो ?

१. केपी ओलीले युवापुस्तालाई जिम्मेवारी दिएर उदाहरणीय काम गरेका छन् । यसले एमालेप्रति युवापुस्ताको विश्वास अभिवृद्धि गर्नेछ ।

२. महेश बस्नेतको छवि राम्रो नभएकाले यो निर्णयबाट एमालेप्रति जनताको विश्वास घट्नेछ । पराजीतलाई मन्त्री बनाउने यो परम्परालाई लोकतान्त्रिक मान्न सकिँदैन । यो निर्णयले एमालेभित्रै पनि अन्तरविरोध बढाउनेछ ।

३. बस्नेतका लागि यो एउटा राम्रो अवसर हो । ‘डन’लाई संरक्षण गरेको आरोप खेप्दै आएका बस्नेतले राम्रो काम गरे भने यहीँबाट उनको करिअर बन्छ । अन्यथा, उनीसँगै एमाले बदनाम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment