Comments Add Comment

रत्नजित, दीपेश, विजित र विकास सेमिफाइनलमा

२८ भदौ, काठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी क्लबका रत्नजित तामाङ चौथो पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीसँगै आर्मीकै दीपेश धामी, नेपाल प्रहरी क्लबका विजित थापा र आर्मीका विकास श्रेष्ठ पनि अन्तिम चारमा पुगेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रत्नजितले एपीएफका साजनकृष्ण ताम्रकारलाई २३-२१ र २१-११, दीपेशले एपीएफका इन्द्र महतालाई २१-१४ र २१-१६, विजितले एपीएफका सुदीप सेढाईंलाई २१-१८ र २१-१९ तथा विकासले प्रहरीका विष्णु कट्वाललाई २१-१४ र २१-११ को सोझो सेटमा पराजित गरे ।

महिला सिंगल्समा आर्मीकी नङशलदेवी तामाङले कास्की पुनम गुरुङ तथा आर्मीकी अमिता गिरीले आफ्नै क्लबकी तीन पटककी च्याम्पियन सरादेवी तामाङसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

महिला डबल्समा आर्मीका दिदीबहिनी सरा र नङशलको जोडीले खोताङका दिलु सुब्बा र सुजा राईको जोडीलाई २१-१० र २१-१० तथा कास्कीकी पुनम गुरुङ र एपीएफकी शिक्षा श्रेष्ठको जोडीले आर्मीका अमिता गिरी र अनु राईको जोडीलाई २१-१२ र २१-१६ को सोझो सेटमा हराउदै फाइनलमा स्थान पक्का गरे ।

यु-१९ महिला सिंगल्समा एपीएफकी शिक्षा श्रेष्ठले एपीएफकै गंगा विष्टलाई २१-१३ र २१-१३ तथा आर्मीकी जेशिका गुरुङले आर्मीकै मेघा चन्दलाई १५-२१, २२-२० र २१-१७ ले पाखा लगाउदै फाइनलमा पुगे ।

सोही स्पर्धाको पुरुषमा आर्मीका दीपेश धामीले कैलालीका गौतम कठायत तथा आर्मीका नवीन श्रेष्ठले आर्मीकै अनिश श्रेष्ठसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment