Comments Add Comment

प्रिमियर लिगमा डिएगो कोष्टको पहिलो हृयाट्रिक

costa

२९ भदौ, काठमाडौं । डिएगो कोस्टाको हृयाट्रिकको मदतमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लगातार चौथो जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले स्वान्सीलाई ४-२ गोल अन्तरले पराजित गर्‍यो । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा स्वान्सीले जोन टेरीको आत्मघाती गोलको मदतमा सुरुवाति अग्रता लिएको थियो ।

तर, पहिलो हाफको अन्तिममा कोस्टाले बराबरी गोल फर्काए । उनले सेस फेबि्रगासको पासमा गोल गरेका हुन् । दोस्रो हाफको ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका उनले ६७ औं मिनेटमा सिजनको पहिलो हृयाट्रिक पूरा गरे ।

खेलको ८१ औं मिनेटमा चेल्सीका रेमीले गोल गरे। ८६ औं मिनेटमा स्वान्सीले गोल गरेपछि हार टाार्न सकेन र चेल्सी ४–२ ले विजयी भयो ।

जितपछि चेल्सी १२ अंकका साथ शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment