Comments Add Comment

छुटेको जुत्ता विमोचन

chuteko-jutta
२९ भदौ, काठमाडौं । कवि भोजराज न्यौपानेको दोस्रो कविता सग्रह छुटेको जुत्ता एक कार्यक्रमका बीच शनिबार विमोचन भएको छ ।
शब्दहार क्रियसनले प्रकाशन गरेको कविता सग्रहलाई नेपाल प्रज्ञा पतिष्ठानका कुलपती सरुभक्तले विमोचन गरेका थिए । कविता संग्रह विमोचन गर्दै सरुभक्तले भने-‘अहिलेका युवाहरुको कविता निकै सरल र मिठास छ । कवितामा वर्तमान परिवेश तथा अवस्थालाई झल्कने गरी गरिएको प्रस्तुतीले मलाई निकै हषिर्त बनाएको छ ।
कार्यक्रममा अर्का बक्ता एव बरिष्ठ पत्रकार किशोर नेपालले कविता लेखन कार्य निकै कठिनपूर्ण भएको बताए । उनले भने-‘दिन प्रतिदिन साहित्यमा रुचि कम हुदै गएकाले भने चिन्तित भएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment