Comments Add Comment

एथ्लेटिको मड्रिडद्वारा रियल मड्रिड पराजित

Atletico Madrid

२९ भदौ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलको मड्रिड डर्बी भिडन्तमा एथ्लेटिको मड्रिड विजयी भएको छ ।

शनिबार राति भएको खेलमा डिफेण्डिङ च्याम्पियन एथ्लेटिको मड्रिडले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

रियलको घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले १० औं मिनेटमा थिएगोको हेड गोलबाट अग्रता लिएको थियो । तर, २६ औं मिनेटमा घरेलु टोलीले पेनाल्टी पायो, जसमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याए ।

खेलको ७६ औं मिनेटमा टुरानले गोल गर्दै एथ्लेटिको मड्रिडलाई २–१ को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment