Comments Add Comment

दशैं-तिहारका लागि २५ अर्ब नयाँ नोट वितरण सुरु

२९ भदौ काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि दशैं, तिहार र छठजस्ता चाडपर्वका लागि २५ अर्ब रुपैयाँ नयाँ नोट वितरण गर्न सुरु गरेको छ । अाजदेखि काठमाडाैंको थापाथलीमा रहेको राष्ट्र बैंकको कार्यालयबाट सर्वसाधारणले नयाँ नोट साट्न पाउने छन् ।

विराटनगर, जनकपुर, बीरगञ्ज, भैरवहा, पोखरा, नेपालगञ्ज र धनगढीमा रहेका शाखामा राष्ट्र बैंकले अाज नयाँ नोट पठाएको छ । ती स्थानबाट भने बुधबारदेखि मात्रै नोट साट्न पाइने छ ।

Nepali-Rupaiyaतोकिएको स्थानमा एक सर्वसाधारणले २२ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउने व्यवस्था मिलाइएको राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

श्रेष्ठका अनुसार एक व्यक्तिले ५, १० र २० का दुई-दुई बण्डल र ५० र १ सयका एक-एक बण्डल नयाँ नोट साट्न पाउनेछन् ।

त्यसैगरी वाणिज्य बैंक र लघुवित्त कम्पनीले पनि नयाँ नोट वितरण गर्न पाउने छन् । राष्ट्र बैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँ दरका नोट वितरण गर्ने जनाएको छ ।

गत वर्षको दशैंमा राष्ट्र बैंकले २२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण गरेको थियो । तर, कतिपय ठाउँमा नोट अभाव भएको थियो ।

राष्ट्र बैंकले फ्रान्समा छाप्न पठाएको रकम समयमा नआएपछि सर्वसाधारणले २०६६ सालको दशैंमा नोट अभाव भएको थियो । त्यसयताका वर्षका दशैंमा सर्वसाधारण विषेश चनाखो हुँदै आएका छन् ।

यो दशैंमा कुनैपनि हालतमा नोट अभाव हुन नदिने प्रवक्त श्रेष्ठले बताए । ‘सर्वसाधारणले दशैंतिहारमा आवश्यक पर्ने नोटहरु साट्न पाउने छन्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment