Comments Add Comment

एसियाडमा स्वर्ण जिते एपीएफका खेलाडीले १० लाख पाउने

Paras-khadka

२९ भदौ, काठमाडौं । सशस्त्र प्रहरीले १७ औं एसीयाली खेलकुद (एसियाड) मा नेपालको प्रतितिनधित्व गर्ने एपीएफका खेलाडीले स्वर्ण जिते १० लाख पुरस्कार दिने भएको छ ।

इन्चोनमा हुने एसिडामा नेपालबाट कूल दुई सय एक जना खेलाडीले भाग लिनेछन्, जसमा ४७ जना नेपाल एपीएफ क्लबका छन् ।

प्रतियोगिताका लागि छनोट भएका एपीएफ क्लबका खेलाडीहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले आइतवार विदाइ गरेका छन् । उनले स्वर्ण पदक विजेतालाई १० लाख, रजत विजेतालाई पाँच लाख र कास्य पदक विजेता क्लबका खेलाडीलाई दुई लाख रुपैयाँ नगद पुरस्कार स्वरुप प्रदान गर्ने बताए ।

देश र संगठनको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुँदा जित्छु भन्ने आत्मविश्वासका साथ खेल मैदानमा उत्रनु पर्ने उनले बताए ।

एसीयाली खेलकुदमा एपीएफका खेलाडीहरुले ब्याडमिन्टन, लनटेनिस, पुरुष फुटबल, टेबलटेनिस, उसु, तेक्वान्दो, बक्सिङ, जुडो, एथलेटिक्स, पुरुष क्रिकेट, महिला क्रिकेट, कराते, फेन्सीङ र सफ्ट टेनिसमा सहभागिता जनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment