Comments Add Comment

छोराको नाम ‘मेस्सी’ राख्न सरकारको अनुमति

FC Barcelona's Lionel Messi kicks the ball during a training session at the Ciutat Esportiva Joan Gamper in Sant Joan Despi

एक दम्पतीले आफ्नो छोराको नाम मेस्सी राख्न अनुमति पाएका छन् । थरलाई नाम बनाउन नपाइने ४५ वर्ष पूरानो कानून उल्लंघन गर्दै सरकारले नवजात शिशुको नाम मेस्सी राख्न अनुमति दिएको हो । यो चर्चित फुटबल खेलाडि लियोनेल मेस्सीको देश अर्जेन्टिनाको खबर हो ।

चर्चित मान्छेकेा नामसँग मिल्ने नाम आफ्ना छोराछोरीको राख्ने इच्छा सबै बाउआमाको हुन्छ । डानियल बारेलालाई पनि आफ्नो नवजात छोराको नाम लियोनेल मेस्सीको नामसँग मिल्नेगरी मेस्सी राख्ने इच्छा जाग्यो । फुटबलर मेस्सीको थर मेस्सी थियो ।

तर डानियलले आफ्नो छोराको नाम नै मेस्सी राख्न चाहे । तर विडम्बना त्यहाँको कानून बाधक बन्यो । सन् १९६९ को कानूनले थर लाई नाम बनाउन नपाउने व्यवस्था गरेको छ ।

आफ्नो छोराको आफुलाई मन पर्ने नाम राख्न कानून बाधक बनेपछि डानियलले स्थानीय नगर कार्यालयमा गएर निवेदन दिए । आफुहरुले आफ्नो छोराको नाम आफुखुसी राख्न पाउनुपर्ने उनको दाबी थियो । तर अधिकारीहरुले कानून विपरित भएकाले त्यसमा आफुहरुले केही गर्न नसक्ने जवाफ दिए । त्यसपछि उनले बकाइदा आफुले छोराको नाम किन मेस्सी राख्न चाहेको र निवेदनका लागि किन पैसा खर्चिँदैछु भन्ने कुरा खुलाएर लिखित निवेदन नै दर्ता गराए ।

उनको निवेदन उपर कार्यवाही गर्दै अन्ततः सरकारले छोराको नाम मेस्सी राख्न अनुमति दियो । ‘हामीले त्यसो गर्यौँ र अन्त्यमा अनुमति आइपुग्यो’, आफ्नो छोराको जन्मदर्ताको कागज देखाउँदै निकै खुसीसाथ डानियलले सुनायो । उनको छोराको जन्मदर्ता प्रमाणपत्रमा नाम लेखिएको थियो, ‘मेस्सी डानियल वरेला’ ।]

छोरा जन्मेको पन्ध्रौँ दिनमा चाहेको नामबाट न्वारान गराउन पाएपछि मख्ख भएका डानियलकी ५ वर्षकी छोरी छिन् । छोरीलाई समेत उनले मेस्सी भनेर बोलाउँछन् । डानियल आफ्नी श्रीमती र परिवार सहित रियो निग्रो प्रान्तमा बस्दै आएका रोयटर्सले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment