Comments Add Comment

अर्थमन्त्रीले भने- सेयर बजार घट्ने कुनै कारण छैन

२९ भदौ काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले प्रष्ट कारण विना सेयर बजार घटेको बताएका छन् । आइतबार होटल अन्नपूर्णमा पत्रकारहरुसाग कुरा गर्दै अर्थमन्त्री हतले बजार अस्वभाविक रुपमा घटेको भन्दै लगानीकर्तालाई नडराउन आग्रह गरे ।

Ram-saran-mahatगत साउन तेस्रो साता १०५० माथि उक्लिएको नेप्से आइतबार ९०२ अंकमा झरेको छ ।

तपाई अर्थमन्त्री भएकै समयमा सेयर बजारमा यति ठूलो गिरावट आयो नि ? भन्ने पत्रकारहरुको प्रश्नमा मन्त्री महतले बजार कुनै आधारविना घटिरहेको प्रतिक्रिया दिए ।

‘सरकारले राम्रो काम गरिरहेको छ, आर्थिक गतिविधिहरु विस्तार भइरहेका छन्, राजनीतिक स्थिरता राम्रो छ, सूचिकृत कम्पनीहरुले राम्रै प्रतिफल दिएका छन’ महतले भने -तर सेयर बजार भने अस्वभाविकरुपमा घटिरहेाके छ ।

बजार हृवात्तै नभई क्रमिकरुपमा बढ्नु पर्ने उनको भनाई थियो । महतले लगानीकर्ताहरुलाई निरुत्साहित नहुन आग्रह गरे । ‘लगानीकर्ताहरु निरुत्साहित हुनुपर्ने कुनै कारण छैन, त्यसैले ढुक्क भएर लगानी गर्नुहोस’ उनले भने ।

राष्ट्र बैंकको परिपत्रका कारण बजार घटेको भन्ने आफूले सुनेको महतले बताए । आफूले यसविषयमा बझेर मात्रै प्रतिक्रिया दिने उनले बताए ।

मन्त्री महतले लगानीकर्ताहरुलाई कम्पनीको प्राविधिक र वित्तीय विश्लेषण गरेर लगानी गर्न आग्रह गरे । ‘कम्पनीहरुको अवस्थालाई विश्लेषण गरेर लगानी गर्नुहोस, सरकार सेयर बजारको विषयमा गंभिर छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment