Comments Add Comment

सेवा रेमिटको ‘पैसा पठाउँ, कुरा गरौं खुलेर’ योजना, मेगासँग सम्झौता

Mega-Bank-and-sewa-remit-Agreement
२९ भदौ काठमाडौं । रेमिटान्स सेवा प्रदायक कम्पनी सेवा रेमिटले दशैंतिहार लक्षित ‘पैसा पठाउँ सेवाबाट कुरा गरौँ खुलेर’ नामक योजना सार्वजानिक गरेको छ ।

यस योजनामा सहभागी ग्राहकहरुले रकम पठाउने सेवा ग्राहीलाई एनटीसी र एनसेलको मोबाइल व्यालेन्स प्रदान गर्नेछन् ।  असोज एक गतेदेखि लागू हुने यो योजना कात्तिक १४ गतेसम्म सञ्चालन रहने कम्पनीले जनाएको छ ।

मेगा बैंकसँग रेमिटान्स सम्झौता

सेवा रेमिट र मेगा बैंकबीच रेमिटान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र सेवा रेमिटका प्रबन्ध निर्देशक दामोदर खनालले हस्ताक्षर गरे ।

सम्झौतापश्चात सेवा रेमिटबाट पठाएको रकम मेगा बैंकका जुनसुकै शाखाबाट भुक्तानी लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment