Comments Add Comment

प्रिमियर लिगमा युनाइटेडको पहिलो जित

Angel di Maria

३० भदौ, काठमाडौं । म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा सिजनको पहिलो जित हात पारेको छ । आइतबार राति भएको खेलमा क्यूपीआरलाई ४–० ले पराजित गरेको हो ।

यसअघि प्रिमियर लिगको पहिलो खेलमा स्वान्सीसँग पराजित भएको युनाइटेडले सण्डरल्याण्ड र बार्नेलीसँग बराबरी खेलेको थियो ।

वर्ल्ड ट्राफर्डमा भएको खेलमा घरेलु टोलीले एन्जल डि मारियाको गोलबाट अग्रता लिएको थियो । रियल मड्रिडबाट कीर्तिमानी मूल्यमा युनाइटेड आएका डि मारियाको युनाइटेडका लागि यो पहिलो गोल हो ।

खेलको ३६ औं मिनेटमा हेर्रेराले अग्रता दोब्बर पारे । वायन रुनीको पासमा उनले गोल गरेका हुन् । ४४ औं मिनेटमा रुनीले गोल गरेपछि पहिलो हाफमा म्योनचेष्टर युनाइटेड ३–० को अग्रता लिन सफल भयो ।

दोस्रो हाफको ५८ औं मिनेटमा माटाले गोल गरे । खेलको ६७ औं मिनेटमा राडामेल फल्काओ मैदान प्रवेश गरे । तर, डेब्यू खेलमा गोल भने गर्न सकेनन् । उनी फ्रान्सेली क्लब मोनाकोबाट लोनमा म्यानचेष्टर युनाइटेड आएका हुन् ।

Marcos Rojo looked assured as part of a back four on his Manchester United debut on Sunday

Radamel Falcao's arrival on the field was greeted with a rapturous reception by the home support

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment