Comments Add Comment

बेलायतमा सुस्त बालबालिकाको सहयोगार्थ सितु साँझ

लण्डन । सुस्त मनस्थितिको बालबालिकाहरुको सहयोगार्थ बेलायतमा गायिका सितु खरेलको एकल साँझ सम्पन्न भएको छ । विदेशमा आयोजना हुने अनेकौं नेपाली सांगीतिक कन्सर्टहरु मध्ये यो भिन्न शैलीको रहेको आयोजकले दावी गरेको छ ।

Situ-kharel-sajh

गायिका सितु खरेलकी छोरीसमेत सुस्त मनस्थितिकी छन् । आफ्नी सुपुत्री स्मारिकाको असहज जीवनशैलीले पीडित बनेकी गायिका सितुले सुस्त मनस्थितिका बालबालिकाहरुको सहयोगार्थ कन्सर्ट आयोजना गरेकी हुन् । सितुका श्रीमान सुमन खरेल चर्चित सञ्चारकर्मी हुन् ।

बेलायतको दुई स्थानमा आयोजित “सितु साँझ”एकल सांगीतिक कन्सर्टको १२ हजार पाउण्ड लागत लागेको थियो । उक्त लागतपछि बाँकी रहेको तीन हजार पाउण्डबाट ललितपुरमा दयाराम महर्जन, काभ्रेमा सुधा सिलवाल र चितवनमा विमला श्रेष्ठबाट संचालित सुस्त मनस्थितिका बालबालिकाहरुको हेरचाह गर्ने तीन वटा संस्थालाई एक/एक हजार पाउण्डको सहयोग प्रदान गर्ने सितुले बताइन् ।

ती संस्थाहरुलाई आवश्यक सामाग्रीहरु र पूर्वाधार निर्माणमा सो रकम खर्च गरिने बताइएको छ । यी तीन संस्था मध्ये अति नै कमजोर अवस्थामा रहेको काभ्रेपलाञ्चोकको संस्थालाई भविष्यमा अन्य कार्यक्रमहरु मार्फत थप सहयोग पुरयाउने लक्षय सितुको छ ।

Situ-kharel-sajh-1
स्मारिकाको साथमा सुमन खरेल र सितु खरेल ।

गत सप्ताहन्त गायिका सितुले एक दशकपछि अल्डरसट र लण्डन सहरमा भिन्न शैलीमा आफ्नो एकल कन्सर्ट गरेकी थिइन् । विदेशी वाद्यवादकहरु सम्मिलित क्रस् कल्चरल ग्लोवल म्यूजिकल ग्रुपको लाइभ म्यूजिकसंगै तीन घण्टासम्म सितुको निरन्तर गायन चलेको थियो । संगीतका चारै विधा पप, लोक, आधुनिक र शास्त्रीय शैलीका गीतको समिश्रणमा बीस भन्दा बढी गीत तथा १५ मिनेट शास्त्रीय संगीत प्रस्तुत गरी मनोरञ्जन प्रदान गरिएको थियो ।

त्यस साँझ सितुले आफ्ना अल्बमका गीतहरुको अलावा संगीत धरोहर तारा देवी, अरुणा लामा, उषा मंगेशकर, शान्ति ठटाल, हिरादेवी वाइबा, आदिका गीत सुनाएकी थिइन् । आफ्ना बाबु आमा कल्याण रिमाल र बिजु रिमालले गाएका गीत अनि आफ्ना ससुरा किरण खरेल र पति सुमन खरेलले रचेका गीतहरु पनि सितुले गाएर दर्शकलाई मन्त्रमुग्ध पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment