Comments Add Comment

‘मिस यूज र मुर्गा बनाउन खोज्ने धेरै छन्’ : सहिमा श्रेष्ठ(भिडियो)

sahima-shrestha-1
गयिका सहिमा श्रेष्ठको चाहना सांगीतिक क्षेत्रमा नै अगाडि बढ्ने छ । उनको यो रहर होइन, सपना हो । तेश्रो एल्बम निकाल्ने तयारी गर्दै गर्दा उनले २ गीतको म्यूजिक भिडियोको छायांकन मलेसिया र सिंगापुरमा पनि गरिन् ।

दिदीको चाहना विदेशमा भिडियो सुट गर्ने र बहिनीलाई मोडल बनाउने थियो, यसैले सहिमाको यात्रा समुन्द्रपारिको देशसम्म संभव भयो । उनलाई लाग्छ, यो क्षेत्रमा राम्रो कला भएर मात्र पुग्दैन, पैसा पनि हुन जरुरी छ । आफू अगाडि आउनको लागि कलासँगै पैसा पनि भएको उनको भनाई छ ।

सानैदेखि गीत र नृत्यमा रुचि राख्ने सहिमाले आजसम्म म्यूजिक नगरीमा लागेर श्रोताको माया र नाम पाएकी छिन् । उनलाई आफू राम्री छु भन्ने लाग्छ । सुन्दर भएका कारणले पनि उनी गायिकासँगै मोडल बन्ने सोचमा छिन् । ‘अबदेखि आफ्नै गीतमा मोडल आफै बन्ने तयारी पनि उनले गरेकी छिन् ।

म्यूजिक नगरीमा गाह्रो छ भन्ने वुझाई उनको पनि छ । तर, उने भने यस्तो वुझेकी छैनन् । यहाँको ठूलो समस्या भनेको ‘मुर्गा’ बनाउने हो भन्छिन् सहिमा । आफू चनाखो नहुने हो भने धेरै मानिस फस्ने गरेको वुझाई उनको छ । आफ्नो पहिलो एल्बम ‘सहिमा’ बजारमा ल्याउँदा उनले धेरै खर्च गरिन् । आज सोच्छिन्, त्यती खर्च नहुने रहेछ । उनलाई सुरुवातमा आफू पनि मुर्गा बने भन्ने लाग्छ । sahima-shresth

कला नभएको मानिसलाई पनि पैसाका लागि फुर्काउने मानिसको संख्या यो क्षेत्रमा धेरै छ, सहिमाले भनिन् । यो क्षेत्रमा अगाडि बढ्न महिलाहरुलाई झनै गाह्रो छ । उनलाई त आजसम्म कसैले पनि कुनै खालका प्रस्ताव गरेका रहेनछन्, तर सुनेकी भने धेरै छिन्, सहिमाले । आफ्नो दिदीको साथ भएकाले पनि अरुको भर नपर्नु परेको उनको वुझाई छ । तर, धेरै गायिकाहरुले ‘मिस यूज’ गर्न खोजेको कुरा सुनाउँदा सहिमालाई दिक्क पनि लाग्छ । तर, उनी आफू नै बचेर हिड्नुपर्छ भन्छिन् ।

सहिमाले अनलाइनखबरसँग आफ्नो प्रेमको कुरा पनि साटिन् । आजसम्म प्रेममा नपरेकी सहिमालाई प्रेम प्रस्ताव भने धेरै आएका छन् । तर करिअरलाई नै अगाडि बढाउन चाहेकाले प्रेममा नपरेको उनको वुझाई छ । उनलाई आजसम्म कुनै पनि यूवकले तानेका छैनन् ।

महंगो रकम खर्च गरेर एल्बम निकालेपनि उपलब्धी शुन्य जस्तै छ । तर, नेपालमा आयोजना हुने थुप्रै महोत्सव र मेलामा गाएर उनले खर्च निकालेको बताइन् । घरयासी अवस्था पनि दरिलो हुँदा सहिमाका चाहनाहरु पुरा भएका छन् । तर, उनी त एक भाग्यमानी गायिका होलिन् । यहाँ, कला भएर पनि रकमको अभावमा पछि परेका थु्रपै प्रतिभाहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment