Comments Add Comment

अन्तरीक्षमा रक्सी पठाएर भट्टीवाल्नीले राखिन् विश्वकिर्तिमान

space beer

मदिरा भट्टी संचालक एक महिला अन्तरीक्षमा वियरको बोलत पठाउने विश्वकै पहिलो महिला बन्न सफल भएकी छिन् ।

बेलायतकी रोस ब्यांग्स नामकी ती महिलाले हेलियम बेलुनमा राखेर एक पिन्ट वियर अन्तरीक्षमा पठाएकी हुन् । हिलियम बेलुनमा प्लास्टिकको बोतलमा राखिएको लण्डन प्राइड ब्राण्डको उक्त वियर ८० हजार फिटको उचाइ सम्म पुग्यो ।

डेलीस्टारका अनुसार बकिंघमसायरमा रहेको उनको ह्वाइट स्वान पवको छानोभन्दा १५ माइल माथि सम्म बेलुन उडेको थियो ।

त्यतिधेरै उचाइसम्म पुग्ने क्रममा वियर सुरुमा उम्लियो र पछि जम्यो । अन्त्यमा हिलियम बेलुन न्यून चापका कारण फुटेपछि त्यसमा रहेको वियरको बोतल पृथ्वीमै झर्यो, उनकै भट्टी नजिकै ।

अन्तरीक्षमा पुगेर झरेको उक्त वियर जमेको बरफको स्वरुपमा थियो । रोसले वियरका ती बरफी टुक्रा जम्मा गरेर आफ्नो पवमा आएका ग्राहकलाई खुवाइन् ।

आफ्नो भट्टीको नाम अन्तरीक्ष भट्टी भन्न पाएकोमा रोस र उनका श्रीमान खुसी छन् । उनीहरु अन्तरीक्षमा रक्सी पठाउने विश्वकै पहिलो भट्टी पसले बन्न सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment