Comments Add Comment

गोलमेचबारे बालुवाटारमा किचलो, बुद्धनगरमा भीडभाड

३१ भदौ, काठमाडौं । सर्वपक्षीय गोलमेच सम्मेलनको तिथि तोकिएको दिन एकाविहानै सम्मेलनमा भाग लिन साना दलका नेताहरु बुद्धनगरस्थित वैद्य माओवादीको कार्यालयमा भेला भएका छन् । बुद्ध नगरमा भेला भएर नयाँ बानेश्वर जान ठीक परेका नेताहरु बालुवाटारकै बैठक नटुंगिएकाले अलमलमा परेका हुन् ।

mao-office-budhanagar

‘हामीलाई यहाँ बिहानै सात बजे आउनु भनिएको थियो, तर बालुवाटारमा कार्यदलको बैठकै सकिएन छ’ गोलमेचमा सहभागी हुन आएकी ‘सर्वहारा पार्टी’ की नेता भावना प्रसाईले अनलाइनखबरसँग भनिन्- ‘कतिबेला बालुवाटारको मिटिङ सकिएला र गोलमेच होला भनेर हामी चिया पसलमा बसेर चिया खाइरहेका छौं ।’

प्रसाइजस्तै वैद्य माओवादीमा आवद्ध ३३ दलीय मोर्चाका ४१ दलका नेताहरु माओवादीको पार्टी कार्यालयमा धमाधम भेला भइरहेका छन् ।
गोलमेचको तयारीबारे सोमबार बेलुका बसेको चारदलीय कार्यदलको बैठकमा विवाद नसुल्झिएपछि मंगलबार बिहानैदेखि बालुवाटारमा कार्यलदलको बैठक बसिरहेको छ । बैठकमा कांग्रेसबाट कृष्ण सिटौला र पूर्णबहादुर खड्का, एमालेबाट भीम रावल र अग्नि खरेल, एमाओवादीबाट कृष्णबहादुर महरा र खिमलाल देवकोटा सहभागी छन् भने माओवादीबाट देव गुरुङ र पम्फा भुसाल छन् ।

34 dal 0008

कार्यदलसँगै ठूला दलका शीर्षनेताहरू पनि बालुवाटारमा भेला भएका छन् ।

गोलमेचको मोडालिटीबारे कार्यदलले सहमति जुटाएपछि त्यसलाई शीर्ष नेतासमक्ष राखेपछि बल्ल गोलमेच सम्मेलन शुरु हुन्छ । नयाँ बानेश्वरको ल्होत्से हलमा मंगलबार बिहान ९ बजे गोलमेच सुरु हुने भनिए पनि कार्यदलको बैठकै नटुंगिएकाले सहभागीहरु अलमलमा परेका छन् ।

संविधानसभामा सहभागी ३० दल र संविधानसभा बाहिरबाट ३३ दलीय मोर्चाको सहभागिता रहने गोलमेचमा संविधानका अन्तरवस्तुबारे छलफल हुने बताइएको छ ।

साना पार्टीबाट एक/एक जना र ठूला ३ दलबाट ५/५ जनाको सहभागिता रहने गोलमेचमा प्रत्येक नेतालाई ५/५ मीनेट बोल्न दिने कांग्रेस र एमालेले कार्यदलमा प्रस्ताव गरेको छ ।

34 dal 0006

गोलमेचमा उटेका विषयलाई सरकारी कर्मचारीले टिपोट गरेर बाबुराम भट्टराई नेतृत्वको संवैधानिक सम्वाद तथा सहमति समितिमार्फत् संविधानसभामा ‘इन्डोर्स’ गरिने कांग्रेस र एमालेको प्रस्ताव छ ।

तर, यो प्रस्तावमा वैद्य माओवादीका नेताहरुले सहमति जनाउन अन्कनाइरहेको स्रोतले बतायो । वैद्य माओवादीका नेताहरुले संविधानका अन्तरवस्तुमा गोलमेच सभाभित्रै सहमति खोजिनुपर्ने माग गर्दै आएका छन् ।

34 dal 0002

34 dal 0003

34 dal 0004

34 dal 0005

34 dal 0007

34 dal 0009

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment