Comments Add Comment

मलेसियाबाट नेपाल फर्कने ५० कामदारलाई आइएमईले निःशुल्क हवाई टिकट दिने

donetion

रामचन्द्र नेपाल

३१ भदौ, क्वालालम्पुर । मलेसियामा काम गर्ने अवैध कामदार नेपाल पठाउन आइएमईले ५० वटा हवाई टिकट निःशुल्क उपलब्ध गराउने भएको छ ।
नेपाली दुतावास मलेसिया र आईएमई मलेसियाबीच भएको सम्झौता अनुसार मलेसियामा रहेका अवैध नेपाली कामदारलाई स्वदेश फर्काउने अभियानमा सहयोग गर्न आइएमईले ५० वटा हवाई टिकट प्रदान गर्ने भएको हो ।

आईएमईले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मलेसियामा अलपत्र परेका नेपाली नागरीकहरुको नेपाल सम्मको सुरक्षित यात्राको लागि दुतावासवाट प्राप्तहुने नामाकंन सुचीका आधारमा वाषिर्क ५० जना नेपाली नागरीकहरुलाई निशुल्कहवाई टिकट उपलब्ध गराउने विषयमा संझौता गरेको हो ।

संझौतामा नेपाली दुतावासका तर्फवाट महामहिम राजदुत डा. निरन्जनमान सिंह वस्न्यात र आईएमईका तर्फवाट आईएमईका प्रबन्ध निर्देशक हेमराज ढकालले हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment