Comments Add Comment

हराएको दुई वर्षमा पनि भेटिएन सञ्चारकर्मी मदन

३१ भदौ, ताप्लेजुङ । ताप्लेजुङका सञ्चारकर्मी मदन पौडेल बेपत्ता भएको दुई वर्ष पुग्दासमेत उनको अवस्था अज्ञात रहेको छ ।

madanप्रहरी प्रशासनले उनको खोजीकार्य जारी राखेको तर, अहिलेसम्म उनको अवस्था अज्ञात रहेको बताएको छ । दुई वर्ष बित्दा पनि कुनै जानकारी गराउन प्रशासनले नसकेको भन्दै परिवार र सञ्चारकर्मीले गुनासो गरेका छन् ।

त्यस्तै बेपत्ता भएका पौडेलको अवस्था तथा बेपत्ता हुनुको कारण खोजी गर्न नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाले गठन गरेको छानबिन समितिले पनि पौडेल बेपत्ता हुनु रहस्यमय र सुनियोजित हुनसक्ने प्रतिवेदन सार्वजनिक गरेको छ ।

२०६९ भदौ ३१ गते साँझ ताप्लेजुङको फुलबारी गाविसदेखि बेपत्ता भएका सञ्चारकर्मी पौडेलको आठ दिनपछि मोवाईल र पर्स भेटिएको थियो ।
पौडेल रेडियो तमोर ताप्लेजुङका सिनियर प्राविधिक हुन् ।

रविन भट्टराईबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment