Comments Add Comment

पहिरोले घर भत्किँदा एकै परिवारका तीनको मृत्यु

३१ भदौ, रोल्पा । सोमबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले एक घर भत्किँदा जुगार-५ खानीखोला रोल्पाका एकै घरका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ४२ वर्षीय जीतबहादुर पुन, उनकी श्रीमती ४० वर्षीया कल्पना पुन र ५ वर्षीया छोरी विपना पुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नवीनराज राईले बताएका छन् ।

घटनास्थलमा अहिले प्रहरी टोली पगिसकेको उनले बताए । यस वर्ष रोल्पामा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

ईश्वरी जीएमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment