Comments Add Comment

नेपाली जनसम्पर्क समिति स्पेनमा डुम्रे निर्वाचित

nepali-jana-sampark-spain

बार्सिलोना । नेपाली जनसम्पर्क समिति स्पेनको बार्सिलोनामा सम्पन्न चौथो महाधिबेशनले शालिकराम डुम्रेको अध्यक्षतामा नयाँ कार्यसमिति  चयन गरेको छ।  समितिको उपाध्यक्षमा बेदराम कंडेल र बिष्णु रिजाल, महामन्त्री पदम दबाडी, सह महामन्त्री प्रकाश भट्टराई, कोषाध्याक्षमा राम सापकोटा चयन भएका छन् ।

यस्तै कार्यसमितिमा सदस्यहरुमा उमेश अधिकारी, सन्तोष श्रेष्ठ, हिरालाल सापकोटा (डायमण्ड), बिनोद लामिछाने, जीवन भुसाल, सीता सिंह थापा, रामशरण थापा, नारायण पौडयाल, पुरुषोत्तम भट्टराई र रामप्रसाद सापकोटा (बिराज) चयन भए ।

अधिबेशनमा उपाध्यक्षको रुपमा आफ्नो नाम घोषणा भएपछि कंडेलले आफू कार्यसमितिमा नरहने सार्वजनिक रुपमा नै बताएका छन् । कडेलले भने– ‘मैले अध्यक्षको दाबी गरेर अन्तिम समयमा छोडेको हुँ, आफूलाई बरिष्ठ उपाध्यक्षमा राखिएन मेरो उचित सम्मान भएन । अब म यो कार्यसमितिले संशोधन गरेर वरिष्ठ  उपाध्यक्ष बनाए पनि समितिमा बस्दिन।’

चिन्तामणी सापकोटा संयोजक रहेको समन्वय समितिले यसअघि छलफल गरि सर्बसहमत बनाएको कार्यसमितिको नामावली निर्वाचन समितिलाई बुझाएको थियो । आफूलाई प्राप्त कार्यसमितिको सूचीलाई नै घोषणा सभामा प्रस्तुत गरिएको निर्बाचन समितिले जनाएको छ । मुख्यत उपाध्यक्ष रिजाल र कडेलबीच बरिष्ट ‘को’ बन्ने भन्ने बिषयमा सहमती हुन सकेको थिएन । बरिष्ट भनी नतोके पनि अध्यक्षपछि उपाध्यक्षको नाममा पहिले भने कडेलको नाम नै उल्लेख गरिएको थियो ।

अधिबेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली काग्रेसका केन्द्रीय सदस्य, सभासद तथा जनसम्पर्क समन्वय प्रमुख अर्जुन जोशीले समयमा संबिधान बनाउन दलहरु प्रतिबद्ध रहेको बताए । उनले बिदेशमा रहेका नेपालीहरुको हित हुने गरि उचित सम्बोधन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

कार्यक्रममा गैरआवाशीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदका सल्लाहकार पुष्प तिमिल्सिना,  राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष एकराज गिरी लगायत बिभिन्न संघ सस्था, संगठनका प्रतिनिधिहरुले धारणा राखेका थिए ।

बसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment