Comments Add Comment

क्याम्पफायर गर्दै आशिष्मा र किरण

ashishma-kiranकाठमाडौं । आशिष्मा नकर्मी र मेरो बेस्ट फेण्ड डेब्यु नायक किरण लाकौलको अभिनय रहेको गीति एल्बम ‘आकाशैमा’को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय म्युजिक भिडियोमा आशिष्माको अभिनयलाई निकै रुचाईएकाले पनि यो भिडियोप्रति दर्शक आकषिर्त हुने अनुमान निर्देशकले गरेका छन् ।

पछिल्लो समय क्याम्पफायरमा रमाउँदै गरेको पुस्ताका वास्तविकतालाई भिडियोमा दर्शाउने प्रयाश निर्देशकले गरेका छन् । नब ढुंगेलको निर्देशनमा तयार भएको यस भिडियोका गीतका लेखक अभय ढुंगेल हुन् ।

गायन, लेखन तथा संगीत संयोजन सबै बिधामा सक्रिय ढुंगेल  २०५६ सालमा रेडियो नेपालले आयोजना गरेको अधिराज्यब्यापी लोक गीत प्रतियोगिताका बिजेता हुन् ।

पुर्वेली लोकगीतमा उनको राम्रो दखल छ । पुर्बेली भाका समेटेर १० वर्ष अघी निर्माण गरेको ‘सुपारी जाईको माला’ बोलको गीतको म्युजिक भिडियोबाट राम्रै प्रसंसा पाएका थिए उनले ।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका अभयले यसपालीको सबै गीत अमेरिकामै रेकर्ड गराएका थिए ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment