Comments Add Comment

न्युयोर्कका नेपालीलाई देखाइयो भिमदत्त

bhim-dutta-show
न्युयोर्क । अमेरिकाको न्युयोर्कका नेपालीहरु विच चलचित्र ‘भिमदत्त’ प्रदर्शन गरिएको छ ।’ एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जिसी को प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रममा थिन्क अबाउट इट र लाईफ इज नट इजि का लेखक राजन थपलिया, संचारकर्मी सैलेश श्रेष्ठ, गायक यम बाराल, लोक गायक सुमनबुढा मगर, डेन्डी शर्पा, कलाकार श्रीराम  पुडासैनि लगायतको उपस्थिती थियो ।

युनाइटेड शेर्पा एसोसियसन अमेरिका र नमस्ते अमेरिकाले सयुक्त रुपमा कार्यक्रम आयोजना गरेका थिए । मुलुकलाई सिनेमावाट  योगदान दिउ भन्दै सिनेमा बनाएको धारणा राख्ने निर्देशक हिमग्याप टासीले कृषी सहिदको रुपमा चिनिएका डडेलधुराका शहिद भिमदत्त पन्तको जीवन कथाले आफुलाई छोएको बताए ।

नवल खड्काको प्रस्तुति रहेको यो फिल्ममा नवल आफैले मुख्य पात्र भिमदत्तको चरित्र निर्वाह गरेका छन् । चलचित्रमा नवल खड्का, निशा अधिकारी, सुमिना घिमिरे लगायतका कलाकारको मुख्य भूमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment