Comments Add Comment

पोखरामा ध्रुव र पवित्राको ‘आवेग’

pabitra-and-dhurba
अघिल्लो चलचित्र ‘मेरो जीवन साथी’ बनाएर ८० लाख डुबाएका निर्माता सूर्य कार्की यतिबेला ‘आबेग’ सिनेमा निर्माण गरिरहेका छन् । करिब ४० लाखमा सिनेमा सकाउने योजना कार्कीको रहेपनि बजेट बढेर ५५ लाख पुग्ने देखिएको छ । राजेन्द्र घिमिरे र धनसिंह केसीको पनि लगानी रहेकाले उनलाई केही हलुका महशुश भैरहेको छ ।

यसपटक कथावस्तु र छायांकन उत्कृष्ट बनेकाले सिनेमा राम्रो बन्ने विश्वास कार्कीको छ । उनले चाहिएको खर्च गर्नु पर्‍यो भन्दै ५५ लाखमा सिनेमा हलसम्म आउने बताए । चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरिरहेका छन् । चलचित्रमा आर्यन सिग्देल, अर्चना डेलाला, ध्रुव दत्त, पवित्रा आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा कविराज गहतराजको नृत्य, पुरुषोत्तम प्रधानको छायांकन छ । चलचित्रको निर्माण यूनिटले एकवटा गीतको छायांकन सकेर काठमाण्डौ फर्किएको पोखराबाट पत्रकार अपिल त्रिपाठीले जनाएका छन् । पोखरामा छायांकन गरिएको गीतमा ध्रुव दत्त र पवित्रा आचार्यले नृत्य गरेका छन् ।

चलचित्रको छायांकन एक साताभित्र समाप्त हुने निर्देशन निरौलाको भनाई छ । चलचित्रमा अर्जुन पोख्रेल, धिरज श्रेष्ठ, टंक बुढाथोकी र दिपिल पोख्रेलले संगीत भरेका छन् । aabeg-geet-shooting

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment