Comments Add Comment

कीर्ते गरी पैसा निकालेपछि बैंकका कर्मचारी प्रहरीको फन्दामा

३१ भदौ, रोल्पा । एक शिक्षकले किर्ते गरी पैसा निकालेपछि नेपाल बैंक लिमिटेड रोल्पा शाखाका दुई कर्मचारी प्रहरीको फन्दामा परेका छन् । पूर्वी रोल्पामा रहेको सरस्वती मावि पाङका शिक्षक देवबहादुर घर्तीले किर्ते गरी बैंकबाट रकम लगेपछि बैंकका कर्मचारीहरु समातिएका हुन् ।

भीडभाडको फाईदा उठाउँदै शिक्षक घर्तीले स्कुलको दराजबाट चेक चोरी गरी स्कुलको नामबाट गत वैशाख ३ गते दुई लाख र जेष्ठ २६ गते एक लाख गरी ३ लाख निकालेका थिए ।

किर्ते गरी बैंकबाट पैसा झिकेपछि प्रहरीले बैंकका दुई कर्मचारीलाई पक्राउ गरेको हो । किर्ते गरी पैसा निकालेको थाहा भएपछि प्रहरीले कार्यालयमा काम गरिरहेको अवस्थामा कर्मचारीद्वय सल्यानका मुकुन्दकुमार श्रेष्ठ र तनहुँका भेष विक्रम अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

सरस्वती माविको रकम बैंकबाट निकालिएपछि प्रहरीमा पुगेको यो मुद्धा केहि समय अगाडि अनौपचारिक रुपमा मिलिसकेको जनाइएको थियो । सो रकम बैंकमा फिर्ता समेत गरिसकिएको छ ।

प्रहरीमा आएका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले छलफल गरेको केही दिनपछि भदौ २० गते बैंकमा पैसा समेत जम्मा गरिएको छ । पैसा जम्मा गरेको ९ दिनपछि किटानी जाहेरीसहित मुद्दा दर्ता गरिएको थियो । पक्राउ परेको कर्मचारीहरुलाई तत्कालै अदालतले ५ दिन म्याद थपेर पठाएको थियो ।

यसैबीच, रोल्पा जिल्लामा क्रियाशील विभिन्न कर्मचारी संघ संगठनहरुले इमान्दार कर्मचारी पक्राउ परेको भन्दै विरोध जनाएका छन् । ठगीमा संलग्न शिक्षक घर्तीलाई कानूनी कारवाहीको दायरामा ल्याउनुका सट्टा निर्दोष कर्मचारीलाई पक्राउ गरी हिरासतमा राखेको भन्दै उनीहरुले बिरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment