Comments Add Comment

निखिलले फिल्म बनाउँदा बिराजलाई तनाब

nikhil-and-biraj
निखिल उप्रेतिले ‘भैरब’ नाम राखेर फिल्म बनाएको खबर सुनेपछि अभिनेता बिराज भट्ट तनाबमा छन् । नेपाली फिल्मको तुलनामा भोजपुरी फिल्ममा काम गरेवापत राम्रो पैसा पाईने भन्दै बिराज पाँच वर्ष अघि बिहार छिरेका थिए ।

भोजपुरी फिल्ममा राम्रै गरेपनि नपाली दर्शकले आफुलाई बिर्सने हो कि भनेर तनाबमा रहेका बिराज अहिले भने सहकर्मीको कारण तनाबमा छन् । निखील उप्रेतीलाई सधै प्रतिस्पर्धीको आँखाले हेरेका बिराजले केही फिल्ममा निखिलसंगै काम पनि गरेका छन् ।

तुलनात्मक रुपमा निखिलको भन्दा बिराजकै फिल्मी करिअर राम्रो छ । तर, बिराजको कमजोरी उनि जहिल्यै निखिललाई आफ्नो कडा प्रतिस्पर्धी ठान्छन् ।
बिराजको पछिल्लो तनाबको कारण केबल निखिल मात्रै हैनन् । भोजपुरी र नेपाली भाषामा बनेको फिल्महरुलाई नेपाली दर्शकले अस्वीकार गर्दै आएका छन् भने केही निर्माताले उनलाई हिरो लिने भनेर घोषणा त गरे । तर, फिल्म बनाउने आँट गरेनन् ।

जसका कारणले पनि नायक विराज भट्टको नेपाली सिनेमामा कमब्याक सोचेजस्तो चाडै हुने देखिएको छैन । निखिल आफ्नै निर्देशनको चलचित्र पश्चात ‘लुटेरा’मा खेल्न तयार भैसकेका छन् । तर, विराज भट्टले आफ्नो उपस्थित देखाउँन भोजपुरी सिनेमालाई नेपाल भित्राएपछि उनको क्रेज खासै बन्न सकेन । तर, नायक निखिल उप्रेती भने लामो समय सिनेमा नगरीबाट टाढा बसेकाले पनि दर्शकका लागि उनी प्रतिक्षामा छन् ।

विराजलाई घमण्डी स्वभावका नायक भनिन्छ । उनले नेपाली सिनेमामा काम गर्नका लागि चर्को पारिश्रमिक माग्ने आफ्नो बानीलाई अहिले पनि छोडेका छैनन् । जसका कारण पनि निर्माताहरु  उनको अहंमताले गर्दा लगानी गर्न डराएका छन् ।

भोजपुरी फिल्ममै पनि पछिल्लो समय प्रतिस्पर्धी नायक आएको बुझेका बिराज नेपालमा एउटा राम्रो फिल्म बनाउने योजनामा छन् । निखिलले आफै सिनेमा निर्देशन गरेर कमब्याक गरिरहँदा विराजले भने भोजपुरी सिनेमाबाट कमाएको रकम नेपाली सिने बजारमा कहिले खर्चेर हिरो हुने हुन्, हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment