Comments Add Comment

बमबहादुर र पूर्णकलाले गुल्मेलीलाई नचाउने

purnakala-bcगुल्मी जिल्लाको बाँझकटेरी गाबिसमा रहेको सामाजिक संस्था मदाने युबा क्लबले गरिब एवं जेहेन्दार बिद्यार्थीको सहायोगार्थ बृहत साँस्कृतिक  कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रममा प्रसिद्ध लोक गायक बमबहादुर कार्की, बिष्णु खत्री, यम छेत्री , पूर्णकला बिसी, रामचन्द्र, हाँस्यकलाकार  सन्तोष लम्साल, गितकार गणेश चौलागाई र स्थानीय कलाकारहरुको समेत विषेश प्रस्तुति रहने भएको छ ।

सरकारी व्ािद्यालयमा गरिब तथा जेहेन्दार बिद्यार्थीलाई गुणस्तरीय शिक्षा  प्रदान गर्नको लागि सहयोग गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको मदाने युबा क्लबका अध्यक्ष जयप्रकाश भुसालले जानकारी दिए ।

पश्चिम गुल्मीको बाँझकटेरी गाबिसमा रहेका बालबालिकाको सहयोगको लागि आम नागरिकलाई अपिल समेत गरिएको गायक शिशिर भुसालले जानकारी दिए । राष्ट्रिय स्तरका कलाकारसंग पनि उनिहरुले सहयोगको अपिल गरेका छन् ।

सामाजिक सेवाको लागि स्थापना भएको यस क्लबले पाँच वर्षदेखी समाजमा विभिन्न राहतका कार्यक्रम गर्दै आएको छ ।

आउदो असोज १९ र २० गते हुने कार्यक्रमको प्रमुख अतिथी पूर्व उर्जामन्त्री एवं सभाषद गोेकर्ण  बिष्ट रहेको अध्यक्ष भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment