Comments Add Comment

कान्तिपुर लगायतका पत्रिका जलाउने सिके राउतका समर्थक पक्राउ

सलमान खान

३१ भदौ, भैरहवा । मधेसलाई नेपालबाट अलग गर्ने माग गर्दै अभियान चलाएका डा. सिके राउतका तीनजना सर्मथकलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

कान्तिपुर दैनिक लगायत विभिन्न पत्रिका जलाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । रुपन्देहीको पूर्वी धकधई क्षेत्र कार्यरत केही व्यक्तिले कान्तिपुर, मेचिकाली, दैनिक पत्र लगायतका पत्रपत्रिकामा आगजनी गरेपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धकधईका प्रहरी निरीक्षक चुराबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा स्वतन्त्र मधेश संगठनका रुपन्देहीका जिल्ला संयोजक भूपेन्द्र यादव, शम्भु यादव र शशीकुमार खरबिन्द छन् ।

स्वतन्त्र मधेश स्वराज रुपन्देहीले पक्राउ परेका डा.राउतको रिहाइको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको समाचार प्रकाशित नगरेको भन्दै उनीहरुले पत्रिका जलाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment