Comments Add Comment

सिनेमा चलोस् भन्दै मन्दिर पुगे सुदर्शन र पुजा(फोटो फिचरसहित)

puja-and-sudarsan
सिनेमा प्रचारको थालनी गर्दै ‘अझै पनि’को निर्माण यूनिटले पुजा गरेको छ । आज काठमाण्डौको कमलादिस्थित गणेश मन्दिरमा पुगेर सिनेमाको यूनिटले पुजा गर्दै प्रचारको थालनी गरेको हो । पूनम इन्टरटेन्मेन्टको ब्यारनमा सुदर्शन थापा प्रोडक्शनको प्रस्तुती रहेको यो चलचित्र फाल्गुन १५ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा पूनम गौतम र सुदर्शन थापाको संयुक्त लगानी छ ।

प्रचारको थालनी गर्न निर्माता पूनम गौतम, निर्देशक आलोक नेम्वाङ, कलाकारहरु सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, रामशरण पाठक, विपना धिमाल मन्दिर पुगेका थिए । यस्तै, पुजामा छायांकार राजेश श्रेष्ठ र सह-निर्देशक बसन्त अधिकारी पनि सहभागी थिए ।

प्रचारको पहिलो सुरुवातका लागि केही दिनमा नै गीत सार्वजनिक गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । निर्देशक आलोक नेम्वाङले सिनेमाले समाज र त्यसभित्रको कथा बोल्ने बताए । चलचित्रमा विशेषगरि गाउँका दृश्यहरुलाई महत्व दिइएको छ ।

चलचित्रमा महेश खड्का, हरी लम्साल, राजनराज सिवाकोटीले संगीत दिएका छन् । निर्मात्री पूनम गौतमले पहिलो पटक सिनेमामा लगानी गरेको भन्दै यसलाई निरन्तरता दिने बताइन् । उनले सिनेमा सफलताको कामना गर्दै पुजा गरेको जानकारी दिइन् । ajai-pani-full-unit ajai-pani-unit sudarsan-and-punam

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment