Comments Add Comment

अञ्चल अस्पताल बुटवलमा तनाव

३१ भदौ, बुटवल । बुटवलको महेन्द्र पार्कस्थित लुम्बिनी अञ्चल अस्पतालमा टेण्डरको विषयलाई लिएर तनाव उत्पन्न भएको छ । अन्तिम समयमा आएर टेण्डर रद्द गरिएको भन्दै अस्पतालमा प्रदर्शन गरेका छन् ।

गत भदौ १ गते आहृवान गरिएको टेण्डरको समय अवधि मंगलवार दिउासो १२ बजेसम्मका लागि तय गरिएको थियो । तर अन्तिम समयमा आएर टेण्डर रद्द गरिएपछि ब्यवसायीहरु आक्रोशित भएका हुन् ।

अन्तिम समयमा टेण्डर रोक्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र पठाएपछि टेण्डर रद्द गरिएको थियो । ब्यवसायीहरुले अख्तियार र प्रमुख जिल्ला अधिकारीविरुद्ध नै नाराबाजी गरिरहेका छन् । अहिले अञ्चल अस्पताल बुटवल परिसर तनावग्रस्त बनेको छ । अस्पताल परिसर तनावग्रस्त भएपछि बाक्लो सुरक्षा तैनाथ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment