Comments Add Comment

‘मेरी बास्सै’बाट बाहिरिएपछि नयाँ सिरियल ल्याउँदै ‘तक्मे र माग्ने बुढा’

नयाँ सिरियलमा यस्तो गेटअपमा देखिदैछन् तक्मे बुढा अर्थात विल्सन विक्रम राई
नयाँ सिरियलमा यस्तो गेटअपमा देखिदैछन् तक्मे बुढा अर्थात विल्सन विक्रम राई

अन्ततः लामो समयदेखि चल्दै आएको सिताराम कट्टेल ‘धुर्मुस’ र केदार घिमिरे ‘माग्ने बुढा’को शितयुद्ध सतहमा आएको छ । केही समयअघि पारिश्रमिक नपाएको भन्दै केदार घिमिरेले ‘मेरी बास्सै’को छायांकन रोकेका थिए ।

अब उनी यो चर्चित हाँस्य सिरियलमा नर्फकने पक्का भएको छ । उनले अर्का कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’सँग मिलेर नयाँ हाँस्य सिरियलको छायांकन सुरु गरेका छन् । ‘खास खुस-खास खुस’ नाम राखिएको यो सिरियलको छायांकन आजबाट धादिङमा सुरु भएको कलाकार विल्सन विक्रमले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

उनका अनुसार यो सिरियललाई नेपाल टेलिभिजनबाट प्रशारण गर्ने तयारी गरिएको छ ।

नयाँ कमेडी सिरियलमा अभिनयका क्रममा केदार घिमिरे र विल्सन विक्रम राई
नयाँ कमेडी सिरियलमा अभिनयका क्रममा केदार घिमिरे र विल्सन विक्रम राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment