Comments Add Comment

काम गरेर देखाउन तीन महिनाको समय दिनुस् : महेश बस्नेत

३१ भदौ, काठमाडौं । उद्योग मन्त्री महेश बस्नेतले आफूलाई केही काम गरेर देखाउन तीन महिनाको समय दिन आग्रह गरेका छन् ।

आफूले तत्काल रुग्ण उद्योग सञ्चालन गर्न प्रयास थाल्ने भन्दै उनले तत्काल कार्य योजना ल्याउने तयारीमा लागेको उनले बताए ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मन्त्री बस्नेतले विदेश जाने युवा शक्तिलाई रोक्न आफूले औद्योगिक क्रान्तिको खाका तयार पारिरहेको जानकारी दिए । क्रसर उद्योगमा देखिएको समस्याका कारण जनताले घर नै बनाउन नपाएको भन्दै उनले क्रसर ब्यवसायीहरुले काम गर्न पाउनु पर्ने बताए ।

क्यासिनो मुलुकमा पर्यटन भित्राउने आधार भएको भन्दै उनले समस्या समाधान गरेर सञ्चालन गर्नु पर्नेमा जोड दिए । यद्यपि उनले क्यासिनोले रोयल्टी बुझाउने र नेपालीलाई प्रवेश नदिने विषयमा भने गंभिर हुनु पर्नेमा जोड दिए ।

बस्नेतले हिजोको दिनमा क्यासिनो माओवादीहरुको क्यान्टोनमेन्टका रुपमा स्थापित भएको भन्दै आगामी दिनमा मजदुर तथा क्यासिनो सञ्चालकहरुसँग छलफल गरेर सुव्यवस्थित रुपमा यसलाई उद्योगका रुपमा लिएर जानेमा पनि आफू प्रतिबद्ध रहेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment