Comments Add Comment

अफ्रिदी पाकिस्तानको टी-२० टिमको नयाँ क्याप्टेन

३१ भदौ, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले शाहिद अफ्रिदीलाई टी-२० टिमको नयाँ क्याप्टेन बनाएको छ ।
उनलाई तीन बर्षपछि पीसीबीले क्याप्टेन जिम्मेबारी दिएको हो । ३४ बर्षीय अलराउन्डर अफ्रिदीको क्याप्टेनसिपमा पाकिस्तानले २०१० को टी-२० विश्वकपमा सेमिफाइनल सम्मको यात्रा गरेको थियो ।

मोहमद हाफिजले यसै बर्षको अप्रिलमा विश्वकपपछि कप्तानको जिम्मेवारी छाडेका थिए । अफ्रिदीलाई २०१६ भारतमा हुने टी-२० विश्वकप सम्मको लागि क्यापटेन बनाइएको पीसीबीले उल्लेख गरेको छ ।

अघिल्लो पटक अफ्रिदीको कप्तानीमा १९ टी-२० खेलको पाकिस्तानले ११ खेल हारको थियो भने ८ खेल जितेको थियो ।

मिस्बाह उल हक फेरि टेस्ट र एक दिवसिय टिमको कप्तान बनेका छन् । उल हकले २०१५ को विश्वकपसम्म एकदिवसीय टिमको नेतृत्व गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment