Comments Add Comment

ढाड दुख्ने पुरुषहरुका लागि सम्भोगको उत्तम आसन पत्ता लाग्यो

doggy

ढाड दुख्ने पुरुषहरुका लागि सहवास समेत कष्टदायी हुन्छ । सहवासका परम्परागत आसनहरुले पुरुषलाई आनन्द भन्दा बढि पीडा दिने भएकाले नयाँ नयाँ तौरतरिका अपनाउन बाध्य हुन्छन् उनीहरु ।

धेरैको सोचाइमा ‘चम्चा आसन’ (तल दिइएको) ढाड दुख्ने पुरुषका लागि उत्तम आसन हुनसक्छ । यस्तो आसमा पुरुषको ढाडले आड पाउने र सरीर भुइँमै सुताएर सहवास गर्न सकिन्छ । तर वैज्ञानिकहरुका अनुसार यस्तो आसन ढाड दुख्ने पुरुषहरुका लागि उपयुक्त आसन होइन ।

spoony
शोधकर्ताहरुले ‘कुकुर-आसन’ अर्थात् कुकुरले सम्भोग गर्ने स्टाइल नै ढाड दुख्ने पुरुषहरुका लागि सबैभन्दा उत्तम सम्भोग आसन भएको तथ्य पत्ता लगाएका छन् ।
क्यानडाको वाटरलू विश्वविद्यालयका शोधकर्ताहरुले सम्भोगका बेला मेरुदण्ड तथा सुसुम्नाको चाललाई विश्लेषण गरी यस्तो निष्कर्ष निकालेका हुन् ।

त्यसक्रममा उनीहरुले विभिन्न १० यौनजोडीका ५ वटा सामान्य यौनआसनका बेला हुने मेरुदण्ड तथा सुसुम्नाको चालका विषयमा प्राप्त इन्प|mारेड तथा विद्युत चुम्बकीय चाललाई रेकर्ड गरेका थिए ।

त्यसपछि उनीहरुले यौन आसन र त्यसले मेरुदण्डमा पार्ने प्रभाव तथा बढाउने पीडाका विषयमा विश्लेषण गरी गाइडलाइन तयार पारे ।
स्पाइन जर्नलमा छापिएको शोधका अनुसार लामो समयसम्म बस्दा तथा बुढीऔँला छुँदा ढाड दुख्ने मानिसहरुका लागि चम्चा आसनको सम्भोग भन्दा कुकुर आसन उपयुक्त हुन्छ ।

प्रमुख शोधकर्ता नताली सिडोरकेविजका अनुसार अहिलेसम्म फिजिसियनहरुले चम्चा आसन अपनाउन सल्लाह दिने गरेको भएपनि त्यो गलत रहेको र आफुहरुको अध्ययनले कुकुर आसन नै उपयुक्त हुने ठहर गरेको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment