Comments Add Comment

यूपी, गुजरात र राजस्थानमा भाजपालाई झड्का

३१ भदौ, काठमाडौं । लोकसभाको तीन र विधानसभाको ३३ सिटका लागि भएको उपनिर्वाचनमा भारतीय जनता पार्टी भाजपाले नराम्रो झड्का व्यहोरेको छ ।

लोकसभा चुनावमा उत्तर प्रदेशमा ऐतिहासिक जित दर्ता गरेको भाजपाले यो राज्यमा ठूलो हार भोगेको छ ।

राज्यमा ११ सिटका लागि उपचुनाव भएको थियो, जसमा भाजपाले तीन सिट मात्र जितेको छ । भाजपाले नोएडा, लखनउ र रहारनपुरमा मात्र जितेको छ । समाजवादी पार्टीको पोल्टोमा आठ सिट गएको छ ।

राजस्थानमा पनि भाजपाको अवस्था खराव रहृयो । त्यहाँ कांग्रेसले चारमध्ये तीन सिट भाजपाबाट खोसेको छ । भाजपाले एृक सिटमा चित्त बुझाएको छ ।

गत डिसम्बरमा भएको विधानसभामा २०० मध्ये १६३ सिट र मेमा भएको लोकसभा चुनाजमा सबै २५ सिटमा भाजपाले जित हात पारेको थियो ।

सूरजगढ सीट भाजपाका लागि प्रतिष्ठाको सिट पनि थियो । त्यहाँबाट वसन्धुरा राजेको पूर्ववर्ती सरकारका स्वास्थ्यमन्त्री रहेका डा. दिगंबर सिंह उठेका थिए । तर, कांग्रेसका श्रवणकुमारले ३२७० मतको अन्तरले जितेका छन् ।

विधानसभा चुनापमा २१ सिटमा समेटिएको कांग्रेसका लागि भने उपचुनाव उत्साहजनक छ । गुजरातको नौं सिटमध्ये छ भाजपा र दुई सिट कांग्रेसले जितेको छ । पश्चिम बंगालमा तृणमूल कांग्रेस र भाजपाले एक-एक सिट जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment