Comments Add Comment

एमाले मन्त्रीको सुशील दा’लाई प्रश्न- मन्त्रीहरुलाई विदेश नजाऊ भन्ने, अनि आफैं जम्बो टोली बोकेर अमेरिका जाने ?

susil-koirala१ असोज, काठमाडौं । अघिल्लो बिहीबार क्याबिनेट बैठकमा प्रधानमन्त्री र एमालेका मन्त्रीबीच चर्काचर्की परेको छ । स्वास्थ्यमन्त्री खगराज अधिकारीले लगेका १४ वटा अस्पतालमा अध्यक्ष नियुक्ति सम्बन्धी प्रस्ताव फेरि अड्काउन खोजिएपछि विवाद चर्किएको हो । संयोग पनि कस्तो भने सुशील दा’सँग यसरी तीव्र असहमति जनाउने दुई मन्त्री भोलिपल्टै फालिए । यो संयोग मात्र थियो या पूर्वरचित खेलको एउटा पाटो ?

प्रधानमन्त्रीले अस्पताल विकास समितिमा आफ्नो पार्टीका निम्ति पनि सदस्यको भाग दिनुपर्ने माग गरेपछि विवाद बढेको जनआस्था साप्ताहिकमा खबर छ । ‘तपाईंहरुले अध्यक्ष लिने भए मलाई दुई सदस्य दिनुस्’ सुशील दा’को भनाईं थियो । एमालेबाट गएका मन्त्रीहरुले भने- तपाईं बहुमतमा भए आदेश दिनुस् । संयुक्त सरकार भए त्यही अनुसार प्रस्तुत हुनुहोस् । तपाईंहरुको मन्त्रालयमा हरेक नियुक्तिचाहिँ हामीले खुरुखुरु पारित गरिदिनुपर्ने, अनि हामीले जे ल्याए पनि तपाईंहरुले अड्काउनु पर्ने ? मन्त्रीहरुलाई विदेश नजाऊ भन्ने, आफैं भने जम्बो टोली बोकेर अमेरिका जाने ?

वनमन्त्री महेश आचार्य र सिँचाइका एनपी साउद प्रमका तर्फबाट कस्सिँदै थिए । एमाले मन्त्रीहरु पनि जंगिए ‘हामी कारिन्दा र तपाईंहरु मालिक त होइन नि Û एउटा नियुक्तिमा एकखाले नीति अर्कोमा अर्कैखाले मापदण्ड लागू हुनुपर्ने हो ? उनीहरुको जिकिर थियो । नियुक्तिसम्बन्धी दुई पार्टीको दुई/दुई सदस्यीय कार्यदल छ । त्यसले छलफल गरी बनाएको सहमतिअनुसार तपाईंहरुका मन्त्रालयमा भकाभक नियुक्ति हुन्छ तर हाम्रामा गर्न लाग्दा भने किन टाउको दुख्छ हँ ? फेरि यसपछि पनि प्रम कोइरालाले हस्तक्षेप गर्दै भने-जग्गा बाँड्ने कुरामा एकलौटी गरेर हुन्छ ? सुकुम्बासी आयोगतर्फ उनको संकेत थियो । ‘सुकुम्बासी आयोगका तीन सदस्य पूर्ति भइसक्यो, दुई सिट तपाईंका लागि सुरक्षित छ, नाम दिनुस्,’ एमाले मन्त्रीहरुले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment