Comments Add Comment

बालविवाह गर्दा सम्बन्ध विच्छेद गर्ने पनि बढे

bal-bibaha१ असोज, मुगु । उमेर नपुगी विवाह गर्ने प्रचलनका कारण मुगु जिल्लामा सम्बन्धविच्छेदका घटना बढेका छन् । कर्णालीका पाँचमध्ये सबैभन्दा बढी बालविवाह हुने जिल्ला मुगु हो ।

जिल्ला अदालत मुगुका रजिष्ट्रार हेमराज तिमिल्सिनाले बालविवाहकै कारण सम्बन्धविच्छेद र मानाचामलका मुद्दा बढी आउने थालेको बताए । जिल्लामा किशोरकिशोरीले स्कुल पढ्दापढ्दै विवाह गर्ने र १६-१७ वर्षमै आमा बन्ने गरेको पाइन्छ, अन्नपूर्ण पोष्टमा खबर छ ।

तीन वर्षअघि विवाह भएकी १७ वर्षीया उषा भाम (नाम परिवर्तन) अहिले मानाचामल र सम्बन्धविच्छेदको मुद्दा लिएर जिल्ला अदालत गमगढी धाइरहेकी छन् । उनकी एक छोरी पनि छिन् । पति वा परिवारका सदस्यले हेला गरेरघरबाट निकालेपछि उनको विचल्ली भएको छ । अहिले छोरी बोकेर अदालत धाउनु नै उनको दिनचर्या भएको छ ।

उनीमात्र होइन बालविवाहका कारण मुगुका थुप्रै किशोरीले यस्तो पीडा भोगिरहेका छन् । एक वर्षमा जिल्ला अदालतमाच बालविवाहकै कारण सम्बन्ध विच्छेदको १०, नाताकायमका तीन, मानाचामलका ६ र बहुविवाहका एउटा मुद्दा दर्ता भएका छन् ।

जिल्लाका २४ गाविसमध्ये सदरमुकामनजिकैको कार्कीबाडा, पिना, रोवा र रुगा गाविसमा बालविवाहको प्रचलन बढी छ । बालविवाह गर्ने तर पछि उमेर पुग्दै गएपछि पति तथा परिवारका सदस्यले बेवास्ता गर्ने गरेका कारण अलपत्र पर्ने किशोरीको संख्या बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment