Comments Add Comment

सुरक्षित राखिदिने भन्दै दूतावासकै कर्मचारीले पैसा खाइदिए

१ असोज, काठमाडौं । नेपाली दूतावासकै कर्मचारीबाट ठगिएपछि एक महिला न्यायका लागि परराष्ट्र मन्त्रालयको ढोका ढक्ढकाउन पुगेकी छन्। कामदार हकहितका लागि खाडी राष्ट्रमा रहेको दूतावासका एक कर्मचारीले लिएको करिब १ लाख रुपैयाँ चार वर्षदेखि नफर्काएपछि रुपन्देही भैरहवा–७ की उमा सार्कीले परराष्ट्रको कन्सुलर विभागमा उजरी दिएकी छन्।

सार्कीले सन् २०१० जुन ५ का दिन साउदी अरबस्थित नेपाली दूतावासमा कार्यरत परराष्ट्र मन्त्रालयका कर्मचारी खड्गप्रसाद दाहालले आफूसँग ३ हजार ५ सय साउदी रियाल लिएर हालसम्म फिर्ता नगरेको आरोप लगाएको नागरिकमा खबर छ ।

परराष्ट्रका उपसचिव दाहाल अहिले इजरायलस्थित नेपाली दूतावासमा उपनियोगप्रमुख छन्।

‘हजुरको पैसा मालिकले खाइदिन्छ, मलाई राख्न दिनुस्, म सुरक्षित राखिदिन्छु भन्नुभयो। नपढेको मान्छे, दूतावासकै कर्मचारी, आफ्नै देशको दाजुभाइ भनेर विश्वास गरेँ। चार वर्ष भइसक्यो, अहिलेसम्म फिर्ता गर्नुभएन,’ सार्कीले नागरिकसँग भनिन्। उनले ‘खाइनखाई’ जम्मा पारेको पाँच महिनाको तलब दाहाललाई राख्न दिएको बताइन्।

सार्कीका अनुसार उनी सन् २००९ को अन्त्यतिर घरेलु कामदारका रुपमा साउदी गएकी थिइन्। मासिक ७ सय रियाल उनको तलब थियो। खाना बनाउने, कपडा धुने, बच्चा हेर्नेलगायत काम त सजिलो थियो, तर काम गर्ने घरको साहु भने असजिलो परे। काम गर्न अफ्ठेरो भएपछि उनी त्यहाँबाट भागेर दूतावासमा शरण लिन पुगिन्।
दूतावासको सेल्टरमा रहँदा अर्को घरमा काम पाएपछि जाने बेला खड्काले उनीसँग भएको पैसा सुरक्षित राखिदिने भन्दै मागेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment